पुष्कर भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरमा राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान जिल्लाब्यापी रुपमा अघि बढिरहेको छ । त्यस क्रममा गाउँ गाउँमा सदस्यता वितरण, संगठन निर्माण, प्रशिक्षण भेलाहरु सम्पन्न भएका छन् ।
अभियानका क्रममा विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्ने क्रमसमेत चलेको छ । बेलौरी क्षेत्रमा तत्कालिन नेकपा (एमाले) बाट बझाङमा निर्वाचित पूर्व वडाअध्यक्ष मदन दमाई राजमोमा प्रवेश गर्नुभएको छ । यता गत स्थानीय निर्वाचनमा भीमदत्त नगरपालिका वडा नं ११ भुजेलामा नेपाली कांग्रेसबाट वडासदस्यका उम्मेदवार जानकी सुनार पनि राजमोमा प्रवेश गर्नुभएको छ ।
बेलौरी क्षेत्रमा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरीको नेतृत्वमा अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला संयोजक राजकुमार चौधरीलगायत नेताहरु सहभागी टिमबाट अभियान अघि बढिरहेको छ । दक्षिणी क्षेत्रमा अखिल नेपाल जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढा अभियानमा सामेल हुनुहुन्छ ।
यस्तै, महेन्द्रनगर क्षेत्रमा राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीको नेतृत्वमा उपाध्यक्ष मञ्जु परियार, सहसचिव लालबहादुर कुँवरलगायत सामेल हुनुहुन्छ । उत्तरी क्षेत्रमा राजमो केन्द्रीय सदस्य मनोज भट्ट अभियानमा सामेल हुनुहुन्छ । यस्तै, अन्य स्थानीय तहमा पनि नेता कार्यकर्ताहरु परिचालित छन् ।
अभियानकै क्रममासोमबार बेलौरी नगरपालिका वडा नं ९ को खजुवा टोलमा सम्पन्न भेलाले मथुरा दमाई (क) को अध्यक्षतामा टोल समिति गठन गरेको छ । समितिको सचिवमा रामबहादुर विक, कोषाध्यक्षमा मथुरा दमाई (ख), सदस्यहरुमा हस्तबहादुर विष्ट र शेरबहादुर दमाई रहनुभएको छ ।
यस्तै, वडा नं ९ कै कुण्डामा शनिबार सम्पन्न भेलाले फालुराम चौधरीको अध्यक्षतामा १९ सदस्यीय टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अमिता चौधरी, सचिव भुवन चौधरी, सहसचिव हिरा चौधरी र कोषाध्यक्ष शान्ति चौधरी रहनुभएको ।
पूर्ण सदस्यहरुमा बजकसमार चौधरी,रामबहादुर चौधरी,सरस्वती चौधरी,धनी चौधरी रहनुभएको छ भने वैकल्पीक सदस्यहरुमा पर्शुराम चौधरी,गोमती चौधरी,श्रीमा चौधरी,बृजुराम चौधरी,छोटकनिया चौधरी,नरेन्द्र चौधरी रहनुभएको छ ।
यता, पुनर्वास नगरपालिकाको समता टोलमा सदस्यता वितरण गरिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का सुदूरपश्चिम संयोजक जनक कुवँर र राजमो कञ्चनपुरका नेता हरि लम्सालको उपस्थितिमा टोलभरी नै सदस्यता वितरण गरिएको थियो ।
यस्तै, जिल्लाको शुक्लाफाँटा १२ बसन्तपुरमा ८५ वर्षीय पति बोहरालाई सदस्यता प्रदान गरि अभियानको सुरुवात गरिएको थियो । सो वडामा भेला गरी वडा समिति गठन गरिएको छ । भेलाले अध्यक्षमा मान बहादुर पुजारा, उपाध्यक्ष देवराज भट्ट, सचिवमा सरस्वती विष्ट कार्कि र सहसचिवमा प्रदिप भण्डारी लगायत ११ सदस्यीय वडा समिति चयन गरेको छ।
कार्यक्रम नगर समिति सदस्य टुङ्गे बोहराको अध्यक्षता र नगर सदस्य मान बहादुर गुजाराले सञ्चालन गरेको भेलामा राजमो केस मनोज भट्ट, र जिल्ला अध्यक्ष रामबहादुर कार्कीले सम्बोधन गर्नुभएको थियो ।