सोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समिति अन्तर्गत केथली धारमा ९ जुन २०२४ का दिन एरिया समिति निर्माण गरिएको छ । राज्य समितिका सचिव भूवन केसीको पहल, नगर समितिका ठाकुर पन्थ र धर्मसिंह डांगीको विशेष उपस्थितिमा एरिया भेला सम्पन्न भएको थियो । भेलाले चुरामणी खत्रीको अध्यक्षतामा ११ सदस्यीय केथली धार एरिया समितिमा सचिव दिपक पुन, कोषाध्यक्ष– झ्यामलाल, सदस्यहरुमा ः टिका ओली, निर्मला पुन, सिता चलाउने, अनिता, किरण, राम बहादुर राना, टेक बहादुर ओली र धनीराम ओली रहेका छन् ।