गोरखपुरमा नगर भेला सम्पन्न

गोरखपुर, २६ जुन । भारत उत्तर प्रदेशको गोरखपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गोखपुर नगर समितिको तेश्रो भेला सम्पन्न भएको छ ।

केन्द्रीय सदस्य भिम बहादुर थापाको विशेष उपस्थिति तथा क्षेत्रीय सदस्य राम बहादुर गुरुङको पहलमा सम्पन्न भेलाले १३ सदस्यीय गोखरपुर नगर समिति पुनर्गठन गरिएको छ ।

जसमाः अध्यक्ष– राम बहादुर गुरुङ, उपाध्यक्ष– बुद्धिमान गुरुङ, सचिव– सुमन गुरुङ, सहसचिव– धनबहादुर तमाङ, कोषाध्यक्ष मान बहादुर गुरुङ, सदस्यहरु सबिता थापा, राम बहादुर बिक, वीर बहादुर गुरुङ, रोसन तामाङ, वीर बहादुर गुरुङ, टेक बहादुर गुरुङ, मधु थापा, बिनोद थापा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार