रामपुर नगर समितिको छैठौं नगर सम्मेलन उद्घाटन

रामपुर, २९ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रामपुर नगर समितिको छैठौं सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नगर अध्यक्ष सिताराम बुढाको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रमको
सञ्चालन चिन्ता बहादुर पुनले गर्नुभएको थियो ।

सम्मेलनमा केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै नेत्र गुरुङ केन्द्रीय सदस्य, बलजित सिंह बाबा राज्य समितिका सदस्यले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

सहिदहरुप्रति एक मिनेट मौन श्रद्धाञ्जली पछि सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नुभएको थियो । खनालले उद्घाटन मन्तव्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्रै भारत प्रवासमा एकल रुपमा प्रवासी नेपालीहरुको समस्या समाधानका लागि संघर्षरत रहेको बताउनु भयो ।

‘विभिन्न स्थानहरुमा विभिन्न संघ संस्थाहरु भएता पनि प्रवासी नेपालीहरुलाई परेको समस्याको बारेमा संघर्ष गर्ने संगठन केवल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हो’ खनालले भन्नु भयो– ‘प्रवासी नेपालीहरुको मताधिकारको आन्दोलनमा यतिवेला हामी सक्रिरुपमा संघर्षरत छांै तर, संघर्षको पक्षमा अन्य कुनै संघसंस्था छैनन् ।’

केन्द्रीय सदस्य नेत्र गुरुङले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

प्रकाश, शक्ति र विमला शाहीको अध्यक्ष मण्डलले बन्दशत्र कार्यक्रम अगाडि बढाएको थियो । ज्यूरी एरियाबाट दिपक खत्री, सैन्ज एरियाबाट धनिराम सांडिल्या, थानेदार एरियाबाट सोहनलाल ओली, दत्तनगर एरियाबाट लालबहादुर र कुमारसैन एरियाबाट नर बहादुरले रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।

संगठात्मक प्रतिवेदन चिन्ताबहादुर पुनले र आर्थिक प्रतिवेदन सिताराम बुढाले प्रस्तुत गर्नु भयो । प्रतिवेदनमा उठेका विषयमा क्रमशः चिन्ता बहादुर पुन र सिताराम बुढाले स्पष्ट पार्नुभयो ।

समितिको आत्मालोचना आलोचना सम्पन्न गरिए पछी समितिको निर्वाचन प्रक्रियालाई अगाडी बढाउन नेत्र गुरुङ, बलजित बाबा र दिपक खत्री रहेकोे निर्वाचन समिति गठन भयो । सम्मेलनले १७ पूर्ण ५ वैकल्पिक सदस्य र ५ सल्लाहकार सहित २७ सदस्यीय रामपुर नगर समिति निर्वाचित गरेको छ ।

घोषणा सभाको विस्तृत रिपोर्ट आउन बाँकि नै छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार