खिमराज चालीसे
चंडिगढ, ३० जुन । मूल प्रवाह सुदुर पश्चीमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित फतेहाबाद नगर समितिले दोश्रो नगर सम्मेलनको तैयारी भेला दिनांक २९ जुन २०२४ को सनिवार सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेको प्रमुख आथित्यतामा सम्पन्न सो भेलामा व्यापक छलफल पश्चात नगर सम्मेलन व्यवस्थापन र तैयारी समिति गठन गरि सम्मेलन सम्पन्न पार्ने निणर्य गरिएको हो ।
भेलाले किसन खनालको संयोजकत्वमा ११ सदस्यीय मूल व्यवस्थापन समिति र बाबुराम जिसीको संयोजकत्वमा २० सदस्यीय सम्मेलन प्रचार प्रसार समिति बनाउने समेत निणर्य गरेको छ।
भेलालाई शुभकामना दिने वक्ताहरु सुदुर पश्चीमोत्तर क्षेत्रिय सदस्य लालबहादुर चुदाली, महिला नगर कि संगिता ताम्राकार लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम बाबुराम जिसिको संचालनमा तथा किसन खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने मोनिका जीसीले स्वागत गर्नु भएको थियोे ।