प्रवासी नेपालीहरुको हकहितको पक्षमा निरन्तर संघर्षरत छौं : खनाल

रामपुर, २९ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रामपुर नगर समितिको छैठौं सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नगर अध्यक्ष सिताराम बुढाको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रमको
सञ्चालन चिन्ता बहादुर पुनले गर्नुभएको थियो ।

सम्मेलनमा केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै नेत्र गुरुङ केन्द्रीय सदस्य, बलजित सिंह बाबा राज्य समितिका सदस्यले पनि अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

सहिदहरुप्रति एक मिनेट मौन श्रद्धाञ्जली पछि सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नुभएको थियो । खनालले उद्घाटन मन्तव्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मात्रै भारत प्रवासमा एकल रुपमा प्रवासी नेपालीहरुको समस्या समाधानका लागि संघर्षरत रहेको बताउनु भयो ।

‘विभिन्न स्थानहरुमा विभिन्न संघ संस्थाहरु भएता पनि प्रवासी नेपालीहरुलाई परेको समस्याको बारेमा संघर्ष गर्ने संगठन केवल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हो’ खनालले भन्नु भयो- ‘प्रवासी नेपालीहरुको मताधिकारको आन्दोलनमा यतिवेला हामी सक्रिरुपमा संघर्षरत छौं तर, संघर्षको पक्षमा अन्य कुनै संघसंस्था छैनन् ।’ नेपाल सरकारले प्रवासी नेपालीहरुले पठाएको रेमिटेन्सलाई उपयुक्त मान्ने तर उनीहरुको मताधिकारको सवालमा कानमा तेल हाले बसेको अध्यक्ष खनालको भनाई थियो ।

यतिवेला देशमा संघीयताले जरजर समस्या पैदा गरिरहेको छ । त्यसको साथसाथै वैदेशिक शक्तिहरुको चलखेलले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजिवीका नै समस्यामा परेको वहाँको भनाई थियो । देशले माग गरेको अवस्थामा प्रवासी नेपालीहरुले टेमिन्टस मात्रै नभई भौतिक रुपमा नै सहभागि भई आन्दोलनमा आउन समेत सक्ने खनालको भनाई थियो ।

केन्द्रीय सदस्य नेत्र गुरुङले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

प्रकाश, शक्ति र विमला शाहीको अध्यक्ष मण्डलले बन्दशत्र कार्यक्रम अगाडि बढाएको थियो । ज्यूरी एरियाबाट दिपक खत्री, सैन्ज एरियाबाट धनिराम सांडिल्या, थानेदार एरियाबाट सोहनलाल ओली, दत्तनगर एरियाबाट लालबहादुर र कुमारसैन एरियाबाट नर बहादुरले रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।

संगठात्मक प्रतिवेदन चिन्ताबहादुर पुनले र आर्थिक प्रतिवेदन सिताराम बुढाले प्रस्तुत गर्नु भयो । प्रतिवेदनमा उठेका विषयमा क्रमशः चिन्ता बहादुर पुन र सिताराम बुढाले स्पष्ट पार्नुभयो ।

समितिको आत्मालोचना आलोचना सम्पन्न गरिए पछी समितिको निर्वाचन प्रक्रियालाई अगाडी बढाउन नेत्र गुरुङ, बलजित बाबा र दिपक खत्री रहेकोे निर्वाचन समिति गठन गरिएको थियो । नयाँ समितिको निर्वाचन प्रक्रिया अनुसार निर्वाचन समितिले हाउसमा १७ पूणर् ५ वैकल्पिक सदस्य र ५ सल्लाहकार सहित २७ सदस्यीय रामपुर नगर समितिको प्रस्ताव राखेको थियो । निर्वाचन समितिको उक्त प्रस्ताव हाउसले पारित पारित गरिसकेको छ ।

दोश्रो दिन घोषणा सभा सम्पन्न भएको छ । सो अवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुद्धारा भराडा रामपुर कुमारसैन दोबाटोबाट कुमारसैन ग्राउन्डसम्म मार्च पास गरिएको थियो । मार्च पासमा सम्मेलनको मुलनारा “प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं । भारतस्थित नेपालीहरुको हकहित र सामाजिक सुरक्षाको लागी संघर्ष गरौं” को व्यानर र गगनभेदी नारा सहित पिडब्लुडि अफिस कुमारसैन बस अड्डा हुँदै कुमारसैन ग्राउन्डमा पुगि घोषणा सभामा परिणत भएको थियोे ।

घोषणा सभाको अध्यक्षता गगन ओलीले र सञ्चालन मिथुन सिंहले गर्नुभएको थियो । सभामा समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य नेत्र गुरुङ, केन्द्रीय सदस्य तथा हिमाचल राज्य समितिका अध्यक्ष विरु श्रेष्ठ, केन्द्रीय महिला विभागकी शुस्मा खड्का, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सदस्य श्रीजन बगाले, हिमाचल राज्य समितिका उपाध्यक्ष ठाकुर पन्त, सचवि भुवन केसी, सदस्य बलजित सिंह बावा, सुदुर पश्चिमोत्तर क्षेत्रीय साँस्कृतिक विभागकी जमुना गाह, राज्य समितिका सदस्य रतन केसी, रिकङपियो नगर समितिका उपाध्यक्ष गोपालजंग शाही, भावनगर नगर समितिका हस्तु रोका, स्थानीय समाजसेवी रवि गिरी लगायतको आतित्थ्यता रहेको थियो । सभामा सहभागिहरुलाई मन्तव्य सिताराम बुढाले स्वागत गर्नुभएको थियो ।

नवनिर्वाचित नगर समितिको घोषणा विरु श्रेष्ठले गर्नुभएको थियो । जसमाः अध्यक्ष- सिताराम बुढा, उपाध्यक्ष- धनमाली, सचिव- सोहनलाल ओली, सहसचिव- भावना सिंह, कोषाध्यक्ष- चिन्ता बहादुर पुन, सदस्यमाः धनीराम सण्डल्या, राम लाल, गगन ओली, विमला शाही, नरबहादुर, लालबहादुर, कृष्ण माया, प्रकाश, लेखराज, सन्तोष, दिपक घर्ती, करन बुढाथोकी, बैकल्पिक सदस्यमाः खडक, सेर बहादुर, प्रेम बुढाथोकी, राज कुमार र बिरमा रहनुभएको छ । शक्ति, बोम बहादुर, पार्वती, प्रताप सिंह र दिपक खत्रीलाई सल्लाहकार चयन गरिएको छ ।

नवनिर्वाचित समितिलाई ठाकुर खनाल, नेत्र गुरुङ, विरु श्रेष्ठ, शुस्मा खड्का, श्रीजन बगाले, ठाकुर पन्त, भुवन केसी, बलजित सिंह बावा, जमुना गाह, रतन केसी, गोपालजंग शाही, हस्तु रोका, रवि गिरी लगायतले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको अन्तिमसम्म रक्तिम साँस्कृतिक अभियान सुदुर पश्चिमोत्तरका कलाकारहरुले भव्य साँस्कृतिक कार्याक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार