चंडिगढमा मूल प्रवाहको टोल समिति गठन

खिमराज चालीसे

चंडिगढ, ०१ जुलाई । मूल प्रवाह चंडिगढ नगर समितिद्धारा संचालित इन्डस्ट्रीयल एरिया अन्तर्गत किसनगढ गाउमा आज ०१ जुलाई २०२४ को सम्पन्न भेलाले १३ सदस्यीय टोल समिति गठन गरेको छ ।

मूल प्रवाह नगर सहसचिव एवं इन्डस्ट्रीयल एरिया अध्यक्ष थानेश्वर पाण्डे र कोषाध्यक्ष बलुराम बण्जाडेको पहलमा आयोजित भेलामा मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालीसेले मूल प्रवाहको विधानको संक्षिप्त चर्चा गर्दै संगठित आवाजले मात्र सबैप्रकारका अन्याय र विभेदको विरुद्ध शशक्त संघर्ष गर्न सकिने भएको हुँदा संगठनको आवश्यकता परेको बताउनु भयो।

भेलाले मिना बन्जाडेको अध्यक्षतामा १३ सदस्यीय प्रगति टोल समिति किशनगढ गठन गरेको छ । जस्माः सचिव- दुर्गा कार्कि, कोषाध्यक्ष- प्रतिमा बस्याल र सदस्यहरुमा सुरज धर्ति, सर्मिला घर्ती, मनोज रायमाझी, कमला कार्कि, विनोद, पूणीमा सुनार, सरस्वती विक, पार्वता खड्का, टेक बहादुर कार्कि र एक रिक्त स्थान राखिएको छ।

भेलामा नगर सम्मेलन अभियान समेतका विभिन्न समसामयिक विषयहरुमा समेत चर्चा गर्दै नगर उपाध्यक्ष प्रेम गुरुङ र नगर सचिव तेज बहादुर रोकाले निर्वाचित समितिलाई वधाई एवं शुभकामना दिनु भएको थियो । भेलामा नगर सदस्य दिनेश बिकको पनि आथित्यता रहेको थियो।

कार्यक्रम थानेश्वर पान्डेको सञ्चालनमा तथा मिना बन्जाडेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार