रिकङपियोमा सयौंको जुलुश प्रदर्शन सहित मूल प्रवाहको सम्मेलन

खिमराज चालिसे
चंडिगढ, १० जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हिमांचल राज्यको रिकांगपिओमा सयौजनाको जुलुस प्रदर्शन सहित ७ जुलाई २०२४ को चोथो नगर सम्मेलन भव्यरुपमा सम्पन्न पारिएको छ ।

मूल प्रवाहका महासचिव प्रेम पौडेलले प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै रेमिटेन्समा पालिएको नेपाल सरकारले प्रवासी नेपालीहरुको उपेक्षा गरिरहेको आरोप लगाउनु भयो। वहाले भष्ट्राचार, महंगी बेरोजगारी, तथा युवाहरु विदेश पलायन देशको गम्भीर समस्या रहेको समेत बताउनु भएको छ।

“प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं” भन्ने मूल नाराका साथ दुई चरणमा भारतव्यापी रुपमा सम्पन्न हुने नगर सम्मेलन अभियान अन्तर्गत हिमांचल राज्यको रिकांगपिओ जुलुस सहित सम्मेलन सम्पन्न भएको हो।

चौथो नगर सम्मेलनले गोपाल जंग शाहिको नेतृत्वमा १७ पुणर् ५ बैकल्पिक र ५ सल्लाहकार गरि २७ सदस्यीय नगर समिति निर्वाचित गरेको छ। जस्मा उपाध्यक्ष निर्मल सचिव मिथुन सिंह, सहसचिव नरेन्द्र, कोषाध्यक्ष रतन तिरुवा र सदस्यहरुमा ओमप्रकाश, प्रकास, छत्र बहादुर, रमेश, धन राज, गुड्डु, राजेन्द्र, राधा, मन्जु, रन बहादुर, राम, ताराचन्द्र हुनुहुन्छ भने बैकल्पिक सदस्यहरुमा बसन्त, बल्लु थापा, ब्रिजेश रावत, हरि, दिपक रहनु भएको छ।

यसै गरि सल्लाहकारहरुमा दिनेश, रविन्द्र, सिता थापा, दिल बहादुर, सपना रहनु भएको छ।
महिला विभाग

रिकांगपिओ नगरको चौथो नगर सम्मेलनले मुगाको संयोजकत्वमा ११ सदस्यीय महिला नगर विभागको पनि गठन गरेको छ। जस्मा सदस्यहरुमा मन्जु, राधा, सपना, पार्वती, सुसिला (छाया देवी), शर्मीला, सावित्री, सिता थापा, माया गिरी र पार्वती थापा रहनु भएको छ।

निर्वाचित समितिलाई वधाई एंव शुभकामना दिने अतिथिहरुमा मूल प्रवाह केन्द्रीय सदस्य नेत्र गुरुङ, केन्द्रीय सदस्य तथा राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठ, केन्द्रीय सदस्य जितमान थापा, मूल प्रवाह केन्द्रीय महिला विभाग सदस्य शुष्मा खडका, विद्यार्थी विभाग केन्द्रीय सदस्य सृजना बगाले, हिमांचल राज्य सचिव सिताराम बुढा, राज्य समितिका सचिव भुवन केसि, सदस् धर्मसिहं, मूल प्रवाह परिषद सदस्य जमुना गाहा, रामपुर नगरका चिन्ता बहादुर पुन, मानसिंह श्रेष्ठ र बलजीत बाबाले सम्मेलनमा शुभकामना दिनु भएको थियो ।

घोषणा सभाको कार्यक्रम मिथुन सिंहको संचालनमा तथा निर्मल सिंहको अध्यक्षतामा सम्पन्न भएको हो भने नरेन्द्र र साँस्कृतिक कलाकार स्वागत गर्नु भएको थियोे ।

सम्मेलनको उद्घाटन दिनांक ६ जुलाई २०२४ को मूल प्रवाहका केन्द्रीय महासचिव प्रेम पौडयालले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियोे।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार