मुखमा चुग्गल ठोक्ने व्यवस्थाको अन्त्य गर्न मूल प्रवाहको महत्वपुर्ण भूमिका रहेकोछ : दुर्गा पौडेल

खिमराज चालिसे

चंडिगढ, १४ जुलाई । मुखमा चुग्गल ठोक्के व्यवस्थाको अन्त्य गर्न मूल प्रवाहको महत्वपुर्ण भूमिका रहेको राजमो उपाध्यक्ष तथा पुर्व सांसद दुर्गा पौडेलले बताउनु भएको छ । पौडेलले चंडिगढमा मूल प्रवाहको डेराबसी र चंडिगढको नगर सम्मेलनको उद्घाटन मन्तव्यमा सो धारणा राख्नुभएको हो । पौडेलले करतार ध्वनीमा व्यानर खोलेर उद्घाटन गर्दै १३ जुलाई २०२४ को बताउनु भएको हो ।

‘प्रवासमा एकता समाजले छिन्नभिन्न नेपालीहरुलाई संगठित गर्दै ईमानदार, लगनशिल र सक्रियता रहन सिकाएको छ ।’ पौडयालले थप्नु भयो– ‘एकता समाजले समानताको लडाई वर्गिय रुपमा पाँचै औंला मुठ्ठी कसेर संगठित हुदै लडन सिकायो ।’ वहाँले राष्ट्रमा व्यप्त भष्ट्राचार महंगी बेरोजगारी युवाहरुको पलायन लगाएतका विषयहरुमा चर्चा गर्दै वहाँले धारणा राख्नु भयो– ‘संघीयता साम्राज्यवादीहरुको आयातित ऐजेन्डा भएको जनताको चेतना स्तर उठाउन सकिएन भने प्रतिगमन हुनसक्ने छ ।’

समारोहमा विशिष्ट अतिथि मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले सम्मेलन अभियान नयाँ कार्यकर्ता प्रवेश गराउने र पुराना र संगठित कार्यकर्ताहरूमा थप उत्साह र उर्जा भर्ने एउटा अभियान रहेको तर्क राख्नु भएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्यहरु दिनेश खडका, तिलक पौडेल र खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, मूल प्रवाह क्षेत्रबाट जुना चालिसे, जापानी एकता समाज केन्द्रीय सदस्य एंव रक्तिम सास्कृतिक विभाग केन्द्रीय कोषाध्यक्ष नबिन बस्याल, मूल प्रवाह केन्द्रीय साँस्कृतिक विभागका बिनु नेपाली, विद्यार्थी संघका केन्द्रीय सदस्य नारायण आचार्य, जनजाति नेता थमन थापा लगाएतको आथित्यता रहेको थियो।

खिमराज चालिसे, सिमा खडका र रहेको तिन सदस्यीय अध्यक्ष मण्डलको गठन पछि ६ बटा एरियाबाट रिपोर्टिङ गरिएको थियो । जस्माः सिटि एरियाबाट प्रेम गुरुङ, मध्यसिटीबाट लक्ष्मण पाण्डे, मोहालीबाट जुना चालिसे, इन्डस्ट्रीयल एरियाबाट थानेश्वर पान्डे, पंचकुलाबाट सुरेश आचार्य र डेराबसीबाट दिलमाया लुईटेलले रिपोर्टिङ गर्नु भयो तत्पश्चात उठेका विषयमा दिनेश खड्काले स्पष्ट पार्नु भयो।

बन्दसत्रमा चंडिगढको प्रगति प्रतिवेदन तेज बहादुर रोकाले, आर्थिक प्रतिवेदन किसन खनालले प्रस्तुत गर्नु भयो भने डेराबसीको प्रगति प्रतिवेदन दिलमाया लुइटेलले र आर्थिक प्रतिवेदन काजीमान राईले प्रस्तुत गर्नु भयो । दुबै प्रतिवेदन व्यापक छलफल पश्चात हाउसले पास गरेको छ ।

बन्दशत्रमा ठाकुर खनाल, दिनेश खड्का र जुना चालिसे रहेको निर्वाचन आयोग गठन गरिएको थियो। निर्वाचित समितीको आज बैठक पछि दिउँसो घोषणा सभामा नामावली सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

उदघाटन समारोहको कार्यक्रम तेज बहादुर रोकाको संचालनमा तथा मान बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको हो भने काजीमान राई र सास्कृतिक कलाकारहरुले स्वागत गर्नु भएको थियो ।

घोषणा सभा :

मूल प्रवाह मजदुर वर्गको उत्थान र अधिकार संरक्षणको लागि स्थापना भएको संगठन भएको धारणा मूल प्रवाह चंडिगढ र पञ्चकुला डेराबसीको संयुक्त नगर सम्मेलन घोषणा सभालाई प्रमुख अतिथिको आसनबाट संवोधन गर्दै राजमो केन्द्रीय उपाध्यक्ष तथा पुर्व सांसद दुर्गा पौडेलले बताउनु भएको छ । ‘सयौ हजारौंको हक र न्यायको लागि संघर्षको मूलधार बनेको छ ।’ उपाध्यक्ष पौडेलले मूल प्रवाह आफैमा गौरवमय संगठन रहेको हुँदा भारतमा भन्ने धारणा राख्नु भयो । देशको समसामयिक अवश्था बारे चर्चा गर्दै वहाले ‘पुनरुत्थानवादी शक्तिहरुले हरेक स्थानबाट आक्रमण गरिरहेको र जनताले रगतसँग साटेर ल्याएको गणतन्त्रलाई खोस्ने प्रयास भईरहेको छ ।’

समारोहमा मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले सम्वोधन गर्दै मूल प्रवाहले सामाजिक आन्दोलनको साथसाथै वर्गिय मुक्ति आन्दोलनको पक्षमा काम गरिरहेको बताउनु भयो । वहाँले सरकारले प्रवासी नेपालीहरुको उपेक्षा गरिएको आरोप लगाउँदै मताधिकार र समानुपातिक प्रतिनिधित्वको विषयमा अदालतको आदेशसम्म लागु नगरिएकोमा आक्रोस व्यक्त गर्नुभयो ।

“प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं” भन्ने मूल नाराका साथ दुई चरणमा भारतव्यापी रुपमा सम्पन्न हुने नगर सम्मेलन अभियान अन्तर्गत सुदुर पश्चिमोत्तर क्षेत्रले चंडिगढबाट शुरु गरेको सम्मेलनले चंडिगढ र पंचकुला डेराबसी नगर समितिको निर्वाचित गरेको छ ।

मूल प्रवाह केन्द्रीय सचिव एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले चंडिगढको मूल प्रवाह नगर र महिला नगर विभागको घोषणा गर्नुभएको थियो । मूल प्रवाह चंडिगढ नगर समितिको १५ औं नगर सम्मेलनले मान बहादुर केसीको अध्यक्षतामा २३ पुर्ण ७ बैकल्पिक र ७ सल्लाहकार सहित ३७ सदस्यीय नगर समिति गठन गरेको छ । जस्माः उपाध्यक्ष– प्रेम गुरूङ, सचिव– थानेश्वर पाण्डे, सहसचिव– बिनु नेपाली, कोषाध्यक्ष– बिष्णु बेल्वासे, सदस्यहरूमाः तेजबहादुर रोका, थमन थापा, माधब पोख्रेल, किसन खनाल, सिमा खड्का, जबुना खनाल, लिला विक, अर्जुन विक, दुर्गा विक, नारायण आचार्य, लक्ष्मण पाण्डे, लक्ष्मण खनाल, राम पंथी, सरस्वती भुसाल, जितेन्द्र गुरूङ, दिनेश विक, किसन पाण्डे र निमानन्द आचार्य रहनु भएको छ ।

यसैगरि ७ वैकल्पिक सदस्यहरूमाः बलुराम बञ्जाडे, मोहन बुढा, मधु सुबेदी, जमुना खड्का, विष्णु अर्याल, मंजु विक र लक्ष्मी अधिकारी रहनु भएको छ ।

त्यसैगरि सम्मेलनले ७ सल्लाहकारहरू पनि चयन गरेको छ । जस्माः राम प्रसाद शर्मा, हेम बहादुर कनौजिया, लालध्वज गुरुङ, प्रितम खडका, दान बहादुर जीसी, जिवा गुरुङ र गोकुल शर्मा रहनु भएको छ ।

महिला विभाग :

सम्मेलनले जमुना खनालको संयोजकत्वमा ३५ सदस्यीय महिला विभाग चयन गरेको छ । सदस्यहरूमाः जुना चालिसे, सिमा खड्का, सरस्वता भुसाल, बिष्णु अर्याल, मञ्जु विक, लक्ष्मी आधकारी, तारा ज्ञावाली, सिमा आचार्य, जमूना पाण्डे, माया नेपाली, पार्वता एमसी, जमुना खडका, लाली बेल्बासे, विमला आचार्य, पुजा पोख्रेल, कमला एमसी, जिवा गुरुङ, हिरा थापा, राधा खड्का, मधु सुवेदी, विमला पान्डे ए, तिल कुमारी कनौजिया, सिता खड्का, विमला पाण्डे वि, विमला पाण्डे सि, निसा सोनी, मनीका सुवेदी, इन्द्रा पौडेल, तिर्था भुसाल, वसन्ता आचार्य, देवी थापा, बिष्णु बिष्ट र अमृता शर्मा रहनु भएको छ।

त्यसै गरि मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय सचिव कुल बहादुर बगालेले घोषणा गर्नु भएको निर्वाचित पञ्चकुला डेराबसी नगर काजीमान राईको अध्यक्षतामा १५ पुर्ण ५ बैकल्पिक र ५ सल्लाहकार सहित २५ सदस्यीय समितिमा उपाध्यक्ष नरेन्द्र बलम्पाकी, सचिव सुरेश आचार्य, सहसचिव दिलमाया लुइटेल, कोषाध्यक्ष श्याम धिमाल र सदस्यहरुमा तिलक पौडेल, प्रेम आचार्य, पुरन थापा, माया आचार्य, करण थापा, गोविन्द भुसाल, वाद्धी सोती, हुम बहादुर थापा, डिबी थापा र दिव्या थापा । यसैगरि बैकल्पिक सदस्यहरूमा लालुकेसी कुमार भुजेल, वाद्ध जयन्ती लुइटेल, पुनम् आचार्य र संजय विक रहनु भएको छ ।

यसैगरि सल्लाहकारमाः बिष्णु पौडेल, कुमारी थापा, मोहन जीसी, माया बलम्पाकी र कमला आचार्य रहनु भएको छ ।

नवनिर्वाचित समितिलाई वधाई एवं शुभकामना दिदै बोल्ने वक्ताहरूमा मूल प्रवाहका केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सदस्यहरू दिनेश खडका, तिलक पौडेल, खिमराज चालिसे, तारा सोमरे केन्द्रीय बैकल्पिक सदस्य रामचन्द्र पौडेल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, मूल प्रवाह क्षेत्रबाट जुना चालिसे, जापान एकता समाज केन्द्रीय सदस्य एवं रक्तिम साँस्कृतिक विभाग केन्द्रीय कोषाध्यक्ष नबिन बस्याल, मूल प्रवाह केन्द्रीय साँस्कृतिक विभागका बिनु नेपाली, क्षेत्रीय सदस्य गोविन्द परियार, विद्यार्थी संघका केन्द्रीय कोषाध्यक्ष रक्षा सोमरे, रोपडबाट शिवलाल लामीछाने, गोविन्दगढका राम बहादुर ताम्राकार, लुधियानाबाट उदैसिंह चन्द, अखिल भारत नेपाली एकता मंच केन्द्रीय सदस्य रमेश खड्का, प्रवासी नेपाली संघ भारत राज्य समितिका सचिव जीबी राई, नेपाली जनसम्पर्क समितिका क्षेत्रीय अध्यक्ष खुम प्रसाद काफ्ले लगाएत हुनुहुन्थ्यो ।
घोषणा सभाको कार्यक्रम प्रेम आचार्यको सञ्चालनमा तथा तिलक पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो भने तेज बहादुर रोका र साँस्कृतिक कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार