फेरि फुट्यो वैद्यको पार्टी, बास्तोलाले गरे एकता भङ्ग भएको घोषणा

काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी फुटेको छ । करिब एक वर्षअघि मात्रै वैद्यसँग पार्टीएकता गरेको धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले २०८१ साउन १ गते मङ्गलबार पार्टीएकता भङ्ग भएको घोषणा गरेको हो ।

बास्तोला नेत्रविक्रम चन्द विप्लवसँग अलग भएर वैद्यसँग पार्टीएकता गरेका थिए । गत २०८० वैशाख १८ गते वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले पार्टीएकता गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बनाएका थिए ।

केही महिनाअघि मात्रै नेकपा (मसाल) बाट अलग भएको अर्को समूह पनि वैद्य नेतृत्वको पार्टीमा समाहित भएको थियो । स्मरणीय छ, मसालबाट गएको समूह मिसिने निश्चित भएपछि सो समूहमा फुट भएको थिए । केही नेता अलग भएको घोषणा गरेर बेग्लै पार्टी निर्माण गरेका थिए ।

पार्टीएकता भएको करिब एक वर्षपछि उक्त पार्टीएकता भङ्ग भएको नेता धर्मेन्द्र बास्तोलाले जनाएका छन् ।

एक वक्तव्यमार्फत क्रान्तिकारी कम्युनिस्ट पार्टीका सहसंयोजक बास्तोलाले लेखेका छन्– “दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रोतर्फबाट भएका कैयौँ प्रयत्नका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया भङ्ग भएको घोषणा गर्न बाध्य भएका छौँ ।”

यस्तो छ बास्तोलाको वक्तव्य

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार