खिमराज चालिसे
भठिण्डा, २२ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्पिडित नेपालीहरुको संगठित शक्ती भएको दावा राजमो उपाध्यक्ष तथा पूर्व सांसद दुर्गा पौडेलले गर्नुभएको छ । पौडेलले समाजको भठिण्डा नगर समितिको ११औं नगर सम्मेलनको उद्घाटन मन्तव्यको दौरानमा व्यक्त गर्नु भएको हो ।
उपाध्यक्ष पौडयालले उद्घाटन भाषणमा भारतमा सामाजिक आन्दोलनबाट नेपालीहरुलाई संगठित गर्दै मूल प्रवाहले स्वदेशको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । उपाध्यक्ष पौडेलले विभिन्न राजनैतिक पार्टिहरुको चरित्रबारे चर्चा गर्दै देशमा व्याप्त भष्ट्राचार महंगी, बेरोजगारी बढिरहेको र देशको युवाशक्ति विदेश पलायन जस्ता समस्याहरु प्रति गम्भीर चिन्ता व्यक्त गर्नु भयो ।
मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनमगरले विशिष्ट अतिथिको आसनबाट समारोहलाई सम्वोधन गर्दै एकता समाजको गौरवमय इतिहासबारे प्रकाश पार्नु भयो । वहाले ‘मूल प्रवाह जस्तो गौरवशाली संगठनमा आम नेपालीहरुलाई संगठित गराउन पर्छ ।’
उद्घाटन समारोह गिरी बहादुर मगरको सञ्चालनमा एवं वलराम जिसीको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत नर बहादुर मरमाठानीले गर्नु भएको थियो । बन्दसत्रमा प्रगति प्रतिवेदन गिरी बहादुर मगरले र आर्थिक प्रतिवेदन टेक बहादुर केसीले प्रस्तुत गर्नु भएको थियो ।
घोषणा सभा :
२१ जुलाई २०२४ को राजमो उपाध्यक्ष दुर्गा पौडेलको नेतृत्वमा मूल प्रवाहको राताराता झन्डा व्यानर सहित नेता, कार्यकर्ता, समर्थक शुभचिन्तक सयौजनाले मूल प्रवाह एकता समाज जिन्दावाद, भारतस्थित नेपालीहरूको मताधिकारको सुनिश्चित गर, नेपालमा संघीयता खारेज गर, लगायतका गगनभेदी नारा लगाउँदै मार्चपास सहित शहरको परिक्रमा गरेर हजुराकपुरा कम्युनिटी सेन्टरमा पुगी जुलुस सभामा परिणत भएको थियो ।
सभालाई प्रमुख अतिथी राजमो उपाध्यक्ष एंव पुर्व सांसद दुर्गा पौडेलले सारगर्वित मन्तव्य राख्नु भएको थियोे ।
केन्द्रीय सदस्य नर बहादुर ओलीले मूल प्रवाह नगर, महिला विभाग र समता विभागको निर्वाचित समितिको नामावली घोषणा गर्नु भएको थियो ।
मूल प्रवाह नगर :
एघारौं सम्मेलनले नारायण केसीको अध्यक्षतामा १५ पुर्ण ५ बैकल्पिक र ५ सल्लाहकार गरि २५ सदस्यीय नगर समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष– बालाराम जिसी, सचिव– गिरी बहादुर मगर, सहसचिव– नर बहादुर मरनठानी, कोषाध्यक्ष– टेक बहादुर केसी, सदस्यहरुमाः लंक बहादुर नेपाली, तुल्सा थापा, प्रदिप भण्डारी, हेमलाल बिक, चन्द्र भुसाल, कमल डाँगी, माया ओली, संगिता नेपाली, गणेश पोख्रेल र मुक्त बहादुर रहनु भएको छ।
यसैगरी वैकल्पिक सदस्यमा नारायण प्रसाद अधिकारी, पुर्ण बराई, पप्पु केसी, कृष्ण नेपाली, गोपाल सुनार रहनुभएको छ : त्यसैगरि सल्लाहकारमाः गोपाल शर्मा, मनजित, गोविन्द मल्ल, रामु गिरी रहनु भएको छ ।
महिला विभाग :
सम्मेलनले संगिता नेपालीको संयोजकत्वमा ११ सदस्यीय महिला नगर विभाग गठन गरेको छ । सदस्यहरुमाः डिला मगर, माया ओली, लिला देवी, देवकी राना, सीता नेपाली, रिमा मगर, सरला नेपाली, सुसिला नेपाली, विमला जिसी रहनु भएको छ ।
समता विभाग :
सम्मेलनले लंक बहादुर नेपालीको संयोजकत्वमा सात सदस्यीय समता विभाग पनि गठन गरिएको छ । सदस्यहरुमाः मुम बहादुर बिक, राम शिह परियार, कृष्ण परियार, कृष्ण नेपाली सन्त बहादुर नेपाली र रमेश सुनार रहनु भएको छ ।
११ औं नगर सम्मेलनमा वधाई एंव शुभकामना दिने अतिथि वक्ताहरुमा प्रमुख अतिथी पूर्व सांसद एंव राजमो केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल, मूल प्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्यहरु कृष्ण जिसी, दिनेश खड्का, केन्द्रीय बैकल्पिक सदस्य राम चन्द्र पौडेल, केन्द्रीय सल्लाहकार राजकुमार साही, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य उदय सिंह चन्द, नारायण खनाल, महिला क्षेत्रीय सदस्य लक्ष्मी खनाल, मन्जु शर्मा, जापान नेपाली एकता समाज केन्द्रीय सदस्य एवं रक्तिम साँस्कृतिक विभाग केन्द्रीय कोषाध्यक्ष नविन वस्याल, टेक्निकल सर्विस पंजाबका चन्द्र शर्मा, अकाली नेता इकवाल सिंह ढिल्लो लगाएत हुनुहुन्थ्यो ।
घोषणा सभा लंक बहादुर नेपालीको अध्यक्षतामा एंव गिरी मगरको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत साँस्कृतिक कलाकार र नारायण केसीले गर्नु भएको हो ।