- खिमराज चालिसे
अम्बाला, १८ जुलाई । ‘मूल प्रवाहले हरेक अन्याय विरुद्ध एकता वद्ध भएर श्रमजीवीको शक्ती एकिकृत गरेको राजमो उपाध्यक्ष तथा प्रवक्ता एवं पुर्व सांसद दुर्गा पौडेलले बताउनु भएको छ । पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अम्बाला नगर समितिको पाँचौं नगर सम्मेलनको घोषणा सभालाई सम्वोधन गर्दै २८ जुलाई २०२४ को बताउनु भएको हो ।
उपाध्यक्ष पौडेलले मूल प्रवाहले अन्यायका विरुद्ध मौरीको गोलाजस्तै सशक्त लडाई लडेको संगठन भएको दावी गर्नु भयो । वहाँले देशको राजनीतिक विषयमा चर्चा गर्दै ‘गास बास कपासको ग्यारेन्टीको लडाई लडिरहने मूल प्रवाहले देशको हरेक न्यायोचित आन्दोलनमा समेत महत्वपूर्ण योगदानद्धारा गौरवमय कार्य गरिरहेको बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनमगरले सम्वोधन गर्दै एकता समाजलाई बिशाल बनाउने आन्दोलनको एउटा पक्ष यो नगर सम्मेलन अभियान भएको बताउनु भयो । वहाँले मूल प्रवाह भारतस्थित नेपालीहरूको हकहितको पक्षमा मुटु र मस्तिष्क दुबै भएको दावी गर्नु भयो ।
मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले नवनिर्वाचित समितिको घोषणा गर्नु भएको थियो ।
पाँचौं नगर सम्मेलनले कमल सुवेदीको अध्यक्षतामा १३ पुर्ण ४ बैकल्पिक र ४ सल्लाहकार गरि २१ सदस्यीय नगर समिति निर्माण गरेको छ । समितिको उपाध्यक्ष– लक्ष्मण अर्याल, सचीव– प्रेम रसाइली, सहसचिव– देवीराम गैरे शर्मा, कोषाध्यक्ष– भिम बहादुर राना, सदस्यहरूमाः धन बहादुर खड्का, बाबुराम शर्मा, किसन शर्मा, राम प्रसाद बस्याल, बिष्णु सापकोटा, जयदेव थापा, राम बहादुर सुनार, र दुर्गा पन्त रहनु भएको छ। यसैगरि बैकल्पिक सदस्यहरूमा भिम बहादुर केसी, बिष्णु क्षेत्री, गोपाल नेपाली, रेश्मा केसी रहनु भएको छ।
त्यसैगरि सल्लाहकारहरूमा आषिस अर्याल, केवश पन्त, रेवती प्रसाद आचार्य, गंगा विसन ढकाल रहनु भएको छ।
महिला विभाग
सम्मेलनको अवसरमा रेश्मा केसीको संयोजकत्वमा १३ सदस्यीय महिला नगर विभाग पनि गठन गरिएको छ । सदस्यहरूमाः अन्नु सुवेदी, सावित्रा अर्याल, रुपा, तिलरानी, पुजा सुनार, मिना केसी, टिकादेवी राना, सुशीला खडका, सुस्तिका अर्याल, सोभा रसाइली, हरिकला सापकोटा, शुष्मा पन्त रहनु भएको छ।
सम्मेलनमा शुभकामना दिने वक्ताहरूमा मूल प्रवाह केन्द्रीय सदस्य तिलक पौडेल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, पुर्व केन्द्रीय सदस्य थमन थापा, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे र माया आचार्य, केन्द्रीय साँस्कृतिक विभाग सदस्य बिनु नेपाली, समता विभागका लिला बिक, चंडिगढ नगरबाट मान बहादुर केसी, पटियाला नगरबाट बिष्णु भुसाल, कुरुक्षेत्र नगरबाट हिरा गुरुङ, पञ्चकुला–डेराबसी नगरबाट काजीमान राई लगाएत हुनुहुन्थ्यो।
प्रमुख अतिथी राजमो उपाध्यक्ष एंव पुर्व सांसद दुर्गा पौडेलले मैनबत्ती बालेर उद्घाटन गर्नु भएको सो सम्मेलनमा नगर समिति अम्बालाले प्रमुख अतिथी, विशिष्ट अतिथि र सम्पुर्ण कलाकारहरूलाई स्मृति चिन्न दिएर सम्मान समेत गरको थियो । समारोहमा कलाकारहरूले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रम मूल प्रवाह केन्द्रीय सदस्य खिमराज चालीसेको सञ्चालनमा तथा देवीराम शर्माको अध्यक्षतामा एवं स्वागत मन्तव्य लक्ष्मण अर्याल र साँस्कृतिक टिमले स्वागत गित प्र्रस्तुत गर्नुभएको थियो ।