श्री गंगानगर नगर समितिको १२औं सम्मेलन सम्पन्न

घोषणा सभापूर्व विशाल र्याली प्रदर्शन

श्रीगंगानगर, जुलाई २८ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति, श्री गंगानगरको १२औँ सम्मेलन आइतबार एफ ब्लक स्थित भाटिया धर्मशालामा भव्य रुपमा सम्पन्न भएको छ ।

सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । सम्मेलनमा श्रीगंगानगर स्थित रहने नेपालीहरुको ठूलो संख्यामा सहभागीता थियो । सम्मेलन अघि भाटिया धर्मशालाबाट ¥याली निकालिएको थियो । जुन वकिलको डिग्गी, रवीन्द्रपथ रोड, अम्बेडकर चोक, गान्धी चोकदेखि कोतवाली रोड, मटका चोक, सन्तोषी माताको मन्दिर हुँदै भाटिया धर्मशाला पुगेर घोषणा सभामा परिणत भएको थियो ।

कृष्ण जिसीको अध्यक्षता एवं रेशम भण्डारीको सञ्चालनबाट अगाडि बढेको सो घोषणा सभामा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनाल, अतिथिहरु क्रमशः त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य नर बहादुर ओली, क्षेत्रीय सदस्य रामप्रसाद पोखरेल, कमला पाण्डे, क्षेत्रीय समता विभागका राजु विक, क्षेत्रीय महिला विभागबाट सविता शर्मा खनाल, क्षेत्रीय साँस्कृतिक विभागबाट कृष्णा नेपाली, विद्यार्थी संघ क्षेत्रीय समितिबाट आरती नेपाली, भटिण्डा नगर समितिबाट गिरी बहादुर मगर, विकानेर नगर समितिबाट लोक बहादुर पाण्डे, राजमो दाङदेउखुरीबाट शिवप्रसाद पोखरेल लगायतले आतित्थ्यता गर्नुभएको थियो ।

तत्पश्चात ज्ञात–अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पश्चात गिरु प्रसाद न्यौंपाने र साँस्कृतिक विभागका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

नव निर्वाचित समितिलाई केन्द्रीय अध्यक्ष ठाकुर खनालले शुभकामना दिनुभएको थियो । खनालले सो अवसरमा मन्तव्य राख्दै अध्यक्ष खनालले देशमा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता खतरामा परेको बताउनु भयो । ‘प्रतिगामी तत्वहरुको सक्रियताले २०६२–६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु खतरामा परेको छ ।’ खनालले भन्नु भयो– ‘देशमा गणतन्त्र आए पछि पनि राजनीतिक पार्टीहरुको गलत प्रकारको रवैयाको कारण जनतामा नैराश्यता पैदा भएको छ । त्यसको फाइदा विभिन्न गणतन्त्र विरोधी शक्तिहरुले उपयोग गर्ने कोशिस गरिरहेका छन् ।’

‘देशको विभिन्न प्रकारका जनसरोकारसँग सम्बन्धित आन्दोलनहरुमा प्रवासी नेपालीहरुको महत्वपूर्ण योगदान रहँदै आएको छ । तर, उनीहरुको समस्याबाट नेपाल सरकार विमुख छ ।’ अध्यक्ष खनालले भन्नु भयो– ‘हामीले विस २०६४ देखि लगातार प्रवासी नेपालीहरुको मताधिकार र सामानुपातिक प्रतिनिधित्वको मागलाई उठाउँदै आइरहेका छौं । प्रवासी नेपालीहरुले पठाएको रेमिटेन्सबाट राज्य सञ्चालन गर्न सरकार तयार छ, तर उनीहरुको मताधिकारको बारे उदासिन छ ।’ देशको एक चौथाई जनसंख्या प्रवासमा छ, उनीहरुलाई छुटाएर देशमा संविधान बन्छ, राजनीतिक दलहरु नयाँ व्यवस्था आएको हल्ला फिजाई रहेका हुन्छन् प्रवासीहरुलाई कागलाई बेल पाकेर के स्वाद भने जस्तै भएको खनालको भनाई थियो । खनालले आफूहरुले आफ्नो माग पुरा नभएसम्म निरन्तर संघर्ष गरिरहने बताउनु भयो ।

केन्द्रीय सचिव त्रिभुवन भट्टराईले नवनिर्वाचित समितिको घोषणा गर्नुभएको थियो ।

सम्मेलनले १८ पूर्ण, ६ वैकल्पिक र ६ सल्लाहकार गरि ३१ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । जसमाः अध्यक्ष– गिरुप्रसाद न्यौंपाने, उपाध्यक्ष– हमबहादुर नेपाली, सचिव– रेशम भण्डारी, सहसचिव– नारायण न्यौंपाने, कोषाध्यक्षमा– वसन्ता नेपाली, सदस्यहरुमाः विष्णु न्यौंपाने, जागेश्वर न्यौंपाने, राजेश न्यौंपाने, चिन्तामणि भट्टराई, रेम नेपाली, कृष्ण जिसी, कमला खड्का, प्रेम विक, बमबहादुर विष्ट, सावित्रा विक, तिलक सुवेदी र तेजपाल भण्डारी रहेका छन् ।

त्यसैगरी वैकल्पिक सदस्यमाः सरिता वुढाथोकी, सकराज भण्डारी, विष्णु विक, अमर नेपाली, वाग्मती केसी र प्रेम विकलाई रहनुभएको छ ।

सल्लाहकारमाः गिरिराज भट्टराई, सुखदेवसिंह रिजाल, सरस्वता घर्ती, मिमलाल न्यौंपाने, विष्णु थापा र माधव भण्डारी रहेका छन् ।

सम्मेलनको अवसरमा वसन्ता नेपालीको संयोजकत्वमा वसन्त नेपाली, सदस्हरुमाः बागमती केसी, कमला जिसी, सुनिता विष्ट, सावित्रा विक, सरसता पुन, कमला खड्का, सरस्वता न्यौंपाने, खुमा भण्डारी, नन्दीकला भट्टराई, कमला भुसाल, सरिता बुढाथोकी, सरसता घर्तीमगर, योसोदा भट्टराई, अनिता नेपाली, वसन्ता न्यौंपाने, विष्णा वाग्ले, पदमा न्यौंपाने, विस्ना रिजाल, लक्ष्मी न्यौंपाने, अर्चना केसी, मीठा सुनार र सरिता न्यौंपाने रहेको महिला विभाग गठन गरिएको छ ।

समानता विभागमा संयोजकमा प्रेम विक, सदस्हरुमाः सविता विक, बसन्ता नेपाली, विष्णु विक, अमर नेपाली, किशन नेपाली, मनोज नेपाली, मदन नेपाली, राहुल, अनु विक, सुरज विक, पप्पु नेपाली रहनुभएको छ ।

नवनिर्वाचित समितिलाई नर बहादुर ओली, रामप्रसाद पोखरेल, कमला पाण्डे, राजु विक, सविता शर्मा खनाल, कृष्णा नेपाली, आरती नेपाली, गिरी बहादुर मगर, लोक बहादुर पाण्डे, शिवप्रसाद पोखरेल, पारस पराजुली र मनिसा भुलले बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार