पुष्पा थापामगर ##
समाजलाई बदल्न सबै जना अघि जाम्
क्रान्तिकारी विचारलाई लालसलाम
शान्तिपूर्ण समाज स्थापना गर्ने हो
अत्याचारको विरुद्धमा सधैँ लड्ने हो
विकृति र विसङ्गति समाजलाई चाहिँदैन
सर्वहारा संस्कृतिलाई मास्न पाइँदैन
मुक्ति चाहने महिला लागौँ यसलाई बचाउन
पुँजीवादी संस्कृतिले लाग्यो फसाउन
महिलाको मुक्ति हाम्रो दीर्घकालीन लडाइ हो
समाजवादी क्रान्ति गर्न हाम्रो पढाइ हो
सचेत बनौँ नारी सबै सहन हुन्न अत्याचार
भ्रष्टाचारी सरकारलाई गरौँ खबरदार
जात र महिला विभेद हैन हाम्ले खोजेको
समानतामा आधारित समाज रोजेको
यो देशमा केही छैन विदेशतिर जानी हो
यस्तो भाष्य सबै मिली निस्तेज पार्नी हो
मृतक सबै समान हुन् कस्तो मानवीयता ?
श्रद्धाञ्जली दिँदा पनि कति विभेद ?