रक्तिमका गायक अर्गेजाले ल्याए ‘आऊ है’ (भिडिओ)

काठमाडौं । रक्तिम सांस्कृतिक अभियानका कलाकार सविन अर्गेजाले नयाँ सांगीतिक कोशेली प्रस्तुत गर्नुभएको छ ।
अर्गेजाको गीति ‘आऊ है’ सार्वजनिक भएको हो ।

रक्तिम सांस्कृतिक अभियानका पूर्वअध्यक्ष रेम रानाले रचना गर्नुभएको उक्त गीतमा सविनलाई गायनमा ललिता विकले साथ दिनुभएको छ ।

गीतलाई सौगात सायरले संगीत दिनुभएको हो ।

गीतको भिडिओमा सुजिन श्रेष्ठ, मनिषा सिंजाली, समस्टि बुढा, कविता चौधरी, मेस्मा पुन, रामअन्जान परियार, नेत्र राना, सुप्रभात कार्कीलगायत कलाकारलाई देख्न सकिन्छ ।

गीतले नयाँ जनवादी क्रान्तिप्रति अटुट विश्वास प्रकट गरेको छ र, नयाँ पुस्तालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार