तिजी गितः वर्गीय आन्दोलनमा जोडौ

जुना भन्डारी चालिसे

सुन्नुहोस दिदीबहिनी सुन्नुहोस दाजुभाई ।
विकृति र विसंगती तोडौ बरिलै ।।
समाजमा उथलपुथल ल्याँउछ तिजको गितले।
अस्लीनताले सिमा नाग्दै गाछ तिजले ।।

अहिलेका तीजका गीत खै कसरी सुन्ने हो ।
दाजु भाईको सामुन्नेता कानै थुन्ने हो ।।
न सँस्कार न सास्कृति विकृति र छाडा गीत ।
भिउज आउदा पैसा पाउदा मानेका छन जीत।।

परिवर्तन वाहक शक्ती नांगिदै गाको छ ।
हाम्रो देशमा छाडा सँस्कार मौलाई राको छ ।।
युटुवर र वाईरल हुने जोड चली राको छ ।
हाम्रो देश पाश्चात शैली मौलाई राको छ ।

त्यहि फिल्म खेल्दा पुरुष दौरा सुर्वाल लाका छन।
महिला भने अर्धनग्न छाडा भाका छन।।
तीम्रा छाडा गीतहरुले झुक्ने भयो हाम्रो शीर ।
संस्कार संस्कृतीको छैन तिम्लाई पीर ।।

समाजका एस्ता भाईरस हटाउनु पर्नैछ ।
अली छिटो नगरेमा रोग सर्नेछ ।।
मौलिकता हरायो विकृति मौलायो ।
दाजुभाई संग बसी सुन्न धौ लाग्यो ।।

विकृत माछे बहिस्कार गरौ हामी नारीले !
समाज यो परिवर्तन गरौ अब नारीले ।।
तिजलाई नि वर्गिय आन्दोलनमा जोडौ अब नारी हो ।
कुसँस्कारलाई अन्त्य गरौ उठौ जुटौ नारी हो ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार