पटियालामा मूल प्रवाहको प्रथम नगर सम्मेलन सम्पन्न

  • विष्णु भुसालको अध्यक्षतामा १५ पुर्ण, ३ बैकल्पिक र ३ सल्लाहकार गरि २१ सदस्यीय नगर समिति चयन
  • खिमराज चालिसे

    पटियाला, ४ अगस्त । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको पटियालामा मूल प्रवाहको प्रथम नगर सम्मेलन बन्दसत्र र घोषणासभा ३–४ अगस्त २)२४ को भव्यरुपमा सम्पन्न भएको छ ।

    मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेलले मैनबत्ती बालेर उद्घाटन गर्नु भएको सम्मेलनको बन्दसत्रको अध्यक्षता बिष्णु भुसालले तथा सञ्चालन गोपाल सापकोटाले गर्नु भएको थियो भने स्वागत हरि गौतमले गर्नु भएको थियो ।

     प्रथम नगर सम्मेलनद्धारा निर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य दिनेश खड्काले गर्नुभएको थियो । सम्मेलनले विष्णु भुसालको अध्यक्षतामा १५ पुर्ण, ३  बैकल्पिक र ३ सल्लाहकार गरि २१ सदस्यीय नगर समिति चयन गरेको छ ।  सम्मेलनले विष्णु भुसालको अध्यक्षतामा १५ पुर्ण, ३ बैकल्पिक र ३ सल्लाहकार गरि २१ सदस्यीय नगर समिति चयन गरेको छ ।

    जस्माः उपाध्यक्ष– नकुल मल्ल, सचिव– प्रवीण रेग्मी, सहसचिव– गोपाल सापकोटा, कोषाध्यक्ष– बिष्णु रेग्मी, सदस्यहरुमाः शिवरथ सुनार, हरि गौतम, रुक बहादुर कार्की, अर्जुन केसी, कवीराम शर्मा, दधीराम पाण्डे, गोविन्द दर्लामी, विमला रेग्मी, जानकी भुसाल र सरिता केसी रहनु भएको छ । यसैगरि बैकल्पिक सदस्यहरुमाः बिष्णु खनाल, केशव सुवेदी र रवी कुँवर रहनु भएको छ । समितिको सल्लाहकारहरुमा बिमला बन्जाडे, सिमा गुरुङ र गोविन्द शर्मा रहनु भएको छ ।

    महिला विभाग
    महिला नगर विभागको घोषणा मूल प्रवाह केन्दीय सदस्य दिनेश खडकाले गर्नु भएको थियो । जसमाः विमला रेग्मीको संयोजकत्वमा १७ सदस्यीय महिला नगर विभाग गठन गरेको छ । सदस्यहरुमा क्रमशः जानकी भुसाल, शारदा पान्डे, सोभादेवी, भुमीदेवी, सिमा गुरुङ, पवित्रा गुरुङ, सरिता केसी, तारा कार्कि, हेमा मल्ल, उजेली गौतम, बिमला बन्जाडे, ज्योती रेग्मी, दिव्या केसी, कागज पुन, पार्वती गुरुङ र माया सुवेदी रहनु भएको छ । महिला विभागको घोषणा केन्द्रीय सल्लाहकार प्रेम आचार्यले गर्नुभएको थियो ।

    शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय सदस्य तिलक पौडेल, केन्द्रीय बैकल्पिक सदस्य रामचन्द्र पौडेल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, जनजाति क्षेत्रीय संयोजक बिल बहादुर गुरुङ, साँस्कृतिक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, साँस्कृतिक परिवारकी रुपा कार्की, संगरुरबाट राजु खनाल, रोपडबाट लक्ष्मी गुरुङ, शिवरथ सुनार, सिताराम आरसी, विभिन्न भाईचारा संगठनका प्रतिनिधिहरु गोविन्द बेल्बासे, चिन्तामणी घिमीरे, निसा घिमीरे, किसन भुसाल लगाएत हुनुहुन्थ्यो।

    कार्यक्रम गोपाल सापकोटाको सञ्चालनमा तथा कबिराम शर्माको अध्यक्षता एवं बिष्णु भुसाल र साँस्कृतिक कलाकारहरुको स्वागत गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार