नयाँ देश

  • नेपाली एकता
  • जनक बिसी ##

    कसरी सुनाऊँ देशको बेहाल
    कसियो झनै अझै अन्याय जन्जाल

    जनतालाई पिरलो दिनदनै बढ्दै छ
    महङ्गी चुलिएर आकाश छुँदै छ

    अत्याचारले गरिबका झुप्रा तड्पिए
    सहरभरि नेताका महल टल्किए

    फेरि पनि हुकुमी शासन चल्दै छ
    जनताका अधिकार कुल्ची हिँड्दै छ

    जनतालाई भर्‍याङ बनाई सरकार बनाए
    हक माग्दा जनतालाई गोली बर्साए

    देशको तस्बिर कस्तो होला बन्दै बनेन
    अन्याय र अत्याचारको शासन हटेन

    उठ्नुपर्छ किसान ज्यामी एकतामा जुटेर
    मास्नुपर्छ देशका बैरी जनता मिलेर

    देशको माटो जोगाउन सयौँ फूल फुलाउन
    नयाँ देश निर्माण गरी संसार चिनाउन

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार