जनक बिसी
स्वागत गर्छौ जनतालाई तिजको भाकामा २०८१ को सुभकामना ! ३
#१_ कसरी सुनाऊ देशको बेहाल _ २
कसियो झनै अझै अन्याय जन्जाल _३
#२_ जनतालाई पिरलो दिनदनै बढदैछ _२
मंहङगी चुलिएर आकाश छुँदै छ _३ ।
स्वागत गर्छौ जनतालाई ———-
२०८१ को सुभकामना ————
#३_ अत्याचारले गरिबका झुप्रा झनै तडपिए _ २
शहरभरी नेताका महल टल्किए _३
फेरी पनि हुकुमी शाषन चल्दैछ _२
जनताका अधिकार कुल्चि हिँडदै छ _३
स्वागत गर्छौ जनतालाई ——-
२०८१ को सुभकामना ———
#४_ जनतालाई भरेङग बनाई सरकार बनाए _२
हक माग्दा जनतालाई गोली बर्षाए _३
देशको तस्वीर कस्तो होला संबिधानमा बनेन _२
अन्याय र अत्याचारको शाषन हटेन _३
स्वागत गर्छौ जनतालाई ———-
२०८१ को सुभकामना ————
#५_ उठनु पर्छ किसान ज्यामी एकतामा जुटेर _२
मास्नु पर्छ देशका बैरी जनता मिलेर _३
देशको माटो जोगाऊन सयौ फुल फुलाऊन_२
नंया देश निर्माण गरी संसार चिनाऊन _३
स्वागत गर्छौ जनतालाई तिजको भाकामा
२०८१ को सुभकामना _ ३