-जुना भन्डारी चालिसे
एउटा गीत गाउछु हजुर तिजको लयमा ।
सुधारी दिनु हजुरले गल्ती भएमा ।।
देशको माया कस्तो हुन्छ भन्ने कुरा बुझ न ।
देश बचाउने अभीयानका नेता रोज न ।।
देश बचाउने नेताको नाम लिन पनि सकेनौ ।
चुनाब आउदा बिक्न झनै छोड्दै छोडेनौ ।।
बिदेशीका दलाल संग हिड्छौ कुरा नबुझी ।
इनै ले नै सकी सके देशको धुकुटी ।।
खुन पसीना जम्मा गरी कमाएको कमाई ।
सहकारी ठगहरुको भयो रजाई ।।
देशको माया छैन कती देश नेताले खानी भो ।
विकास हैन विनास तिर देश जाने भो ।।
सतीले सरापेको भन्थे देश नेपाल ।
विदेशीका चाप्लुसीले पारे बेहाल ।।
अब देशका कर्णधार विदेशमा पस्दैछन ।
टुक्रा टुक्रा देशलाई नेता बिक्दैछन ।।
युबालाई रोजगार दिने बाचा गर्यौ पहिले ता ।
बेरोजगारको अबस्थाले बीदेश ऐलेता ।।
बस्ने बास बेची संतान आईए बिए पढायौं ।
त्यहि बुकुरो फर्काऊन बिदेश पठायौं ।।
भोटमाग्दा वाचा गरे लागे जनता पछाडी ।
अहिले बल्ल बोकेका छन संघीय भारी ।।
संघीयता देशलाई घांडो बारम्मबार भनियो ।
साथ भन्दा बिरोधमा जनता खनीयो ।।
उहिले पनि बिरोधमा थियौ अहिले पनि बिरोधमा ।
एही चालले हो भनी देश पर्छ धरापमा ।।
मासु रक्सी पैसामा न बिक है अब त ।
देश बचाउन पर्छ जनता बनौं सजक ।।