तीज गीत : चट्टान बर्साउलान्

विष्णु शर्मा (पाण्डेचरी)

उठौ नारी अघि बढौ अब कम्मर कसेर
सधै भरी कमजोर भइ हुन्न बसेर।

पुरुष प्रधान समाजले घरभित्र थुनेको
नारी दासी बनाउन जाल बुनेको।

शोषित पिडीत नारी हामी सबै जम्मा हुनुछ
बाधाहरु पन्छाउदै शिखर छुनुछ।

खुट्टाहरु तान्लान कोहीले हामी अघि बढ्दामा
माथि गई घुच्याउलान शिखर चढ्दामा।

हाम्लाइ डर देखाउनलाइ अध्यारोमा तर्छाउलान
घुम्टी पारी माथिबाट चट्टान बर्साउलान्।

बिचैमा भुलाउलान् थापेर अखेटा
काट्दीन खोज्लान है उड्लान है उड्ने पखेटा।

अफ्ठ्यारा पन्छाउदै नारी अघि बढेका
राष्ट्र प्रमुख भएर काम गरेका।

बाकी नै छन् हाम्रा हक नारी प्रमुख भएनी
दबाउन र हेप्न खोज्छन् जहाँ गएनी।

हाम्लाइ पछि पार्नेलाइ अब जबाफ दिनु छ
आफ्ना हक अधिकार खोसी लिनु छ।

।समाप्त।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार