प्रगतिशील तीज गीत: युवा भगाउन 

मनिराम खनाल

यो सरकार बनेको हो भ्रष्टाचारी जोगाउन,
शरणार्थी बनाएर युवा भगाउन ।३
राष्ट्रघाती जनघाती काम यिनले गर्नेछन्,
जनताले अझ धेरै दुःख पाउनेछन् ।।३

जेलमा थिए अपराधीआम माफीमा छुटाए,
तिनै अपराधीलाई मन्त्री बनाए । ३
जो -जो आज मन्त्री बने कुनै काण्ड घटाका,
अपराधी भ्रष्टाचारी कति अटाका ।।३

जनताको ढुकुटीमा भ्रष्टाचारी खटाउने,
जनताका छोराछोरी विदेश पठाउने ।३
बालुवाटारको जग्गा बेच्छन् सुन चोरेर पचाउँछन्,
भारतको दलालीमा सत्ता चलाउँछन् ।।३

अमेरिका र भारतको दलालीमा जुटेका,
सौदाबाजी गरेर देश लुटेका । ३
नागरिकलाई शरणार्थी सुन चोरेर महल,
मन्त्री बनी भ्रष्टाचार यही छ पहल ।।३

बङ्गलादेशकी प्रधानमन्त्री भागीन शेख हसिना,
राष्ट्रघाती सरकारका आए पसिना ।३
भ्रष्टाचारी अपराधी लाई कुर्चीबाट खसाल,
नेपालमा दूरदर्शी पार्टी मसाला ।। ५

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार