तीज गीत : देशको लागि लड्नुपर्छ

सीतल गायक।

बर्षदिनको तीज आयो फेरि पनि घुमेर
रुन्छ मन धुरु धुरु माइती संझेर।

बिहे गरे सानैमा बस्न पाइन गाउघरमा
श्रीमानको साथ लागि आए प्रदेशमा।

गाउघरमा भए देखि लिन आउथ्यो कान्छो भाइ
यो तीजमा नी माइत जान पाइन बरिलै।

रोजी रोटी पाउने भए गाउघर देशमा
कस्लाइ रहर हुन्छ बस्न प्रदेशमा।

सब्जी मीठो घिरौला त अचार मीठो काकरी
अति रहर छ दिदीसंग संगै नाचनी।

प्रबासीको संगठन मूल प्रबाह एकता समाज
बनेको छ प्रबासमा अभिभावक ।

नाच्न गाउन बोल्न पनि डर लाग्थ्यो पहिले त
मूल प्रबाहले धेरै कुरा सिकायो अहिले त।

हाम्ले पनि गर्नुछ केही देशको लागि उठेर
अन्यायको बिरोध गरौ सबै जुटेर।
। समाप्त।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार