परवाणु (हिमाचल), १५ अगस्त । भारतको हिमाचल राज्यको परवाणुमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिको १३औं नगर सम्मेलन १५ अगस्त २०२४ को भव्यरुपमा सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले गर्नुभएको थियो । पुनले देशमा नेपाली युवाहरूलाई ठिकसँग व्यवस्थापन हुन नसक्दा युवाशक्ति विदेश पलायन भइरहेको बताउनु भयो । ‘हिमाचलमा कैयौं नेपालीहरू देश विहिन नागरिकहरू छन्’ पुनले अगाडि भन्नु भयो– ‘आफ्ना नागरिहरू प्रवासमा अलपत्र हुँदा, राज्य अन्जान बनिरहेको छ ।’ यस्तो प्रकारको राज्य व्यवस्था र शासकहरू देशमा रहँदासम्म नेपालीहरूले प्रवासीनु पर्ने र प्रवासमा अपमानित जीवन व्यतित गरिरहनु पर्ने बाध्यता रहने पुनको थप भनाई थियो ।
उद्घाटन कार्यक्रम कुमराज पुनको अध्यक्षता, विशनकुमारको सञ्चालन र विरवल केसीको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य नेत्र गुरुङ र राज्य समितिका सदस्य वलजित सिंहले पनि आतित्थ्यता गर्नुभएको थियो ।
घोषणा सभा :
दोश्रो दिन घोषणा सभा कार्यक्रम सम्पन्न भएको थियो । सम्मेलनले कुमराज पुनको अध्यक्षतामा दुई रिक्त सहित १३ पूर्ण, ४ वैकल्पिक र ४ सल्लाहकार गरि २१ सदस्यीय परवाणु नगर समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– दान बहादुर थापा, सचिव– विशन कुमार, सहसचिव– विरवल केसी, कोषाध्यक्ष– मोहिनी थापा, सदस्यहरूमा क्रमशः नेत्र गुरुङ, भगत बहादुर, रेम बहादुर, कृष्ण कुमारी, गौमायाँ गुरुङ, सकुन्तला र दुई स्थान रिक्त रहेको छ । त्यस्तै वैकल्पिकमा शंकर, विशाल, तिलबहादुर बुढामगर, एक स्थान रिक्त रहेको छ । त्यस्तै सल्लाहकारमा : सुनिता मगर, तुल्सी पुन, मिना बुढामगर र एक स्थान रिक्त रहेको छ ।
महिला विभाग :
संयोजक- सुनिता मगर, सदस्यहरूमा क्रमशः मोहनी थापा, गौमायाँ गुरुङ, कुष्ण कुमारी, सकुन्तला, वसन्ती, तुल्सी पुन, रिना, लक्ष्मी, अडिसा, मिना बुढाथोकी, दिपा, कमला, गौरीमायाँ र एक स्थान रिक्त रहेको छ । नवनिर्वाचित नगर समिति र महिला विभागको घोषणा केन्द्रीय सदस्य शोभाखर पन्थले गर्नुभएको थियो ।
नवनिर्वाचित समिचिलाई प्रमुख अतिथि धनवीर पुनमगर, केन्द्रीय सचिव एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटा, केन्द्रीय सदस्य तिलक पौडेल, राज्य समितिका उपाध्यक्ष ठाकुर पन्थ, सदस्य वलजित सिंह, सोलन नगर समितिका धरमसिंह डागर, जनजाति विभागका विल बहादुर गुरुङ, रोपड नगर समितिबाट जगनाथ कंडेल, महिला विभागबाट गौमायाँ गुरुङ लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।
भक्त बहादुर बुढाको अध्यक्षता एवं विशनकुमारको सञ्चालनबाट अगाडि बढेको सो घोषणा सभामा सहभागिहरूलाई कुमराज पुन र कलाकारहरूले स्वागत गर्नुभएको थियो । कार्यक्रमको बीचबीचमा कलाकारहरूले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।