खिमराज चालिसे,
सोलन, १८ अगस्त । ‘यो फटाहाहरुको व्यवस्थालाई श्रमजिवीहरुले भत्काउनु पर्छ।’ उपरोक्त धारणा मूल प्रवाहका सचिवालय सदस्य धनबीर पुनमगरले प्रमुख अतिथिको आसनबाट मूल प्रवाह सोलन नगर समितिको नवौं सम्मेलनलाई सम्वोधन गर्दै १८ अगस्त २०२४ को बताउनु भएको हो ।
पुनले वर्गसंघर्षको आन्दोलन प्रवासी नेपाली श्रमजिवीहरुको बिचबाट उठाउनु पर्ने धारणा राख्नु भयो। वहाको हिमाचलमा डोमीसाईल, ईजीलीबिटी समस्याले नेपालीहरुको राशनकार्ड, आधारकार्ड र बंैक एकाउण्ट जस्ता जरुरी दस्तावेजहरुको अभावमा स्वास्थ्य, शिक्षा र रोजगार नराम्ररी प्रभावित बनिरहेको औलाउनु भयो। पुनले थप्नु भयो ‘मूल प्रवाहले नेपालीहरुको हकहितको संरक्षणको पक्षमा सांगठानिक, कानुनी लडाई लडिरहको छ र लडिरहने छ ।’
सम्मेलनको बन्दसत्र बलजित सिंह बाबाको अध्यक्षतामा तथा भुबन केसीको सञ्चालनमा सम्पन्न भएको थियो । बन्दसत्रमा भुबन केसीले प्रगति प्रतिवेदन र ठाकुर पन्थले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मूल प्रवाहका केन्द्रीय सदस्य नेत्रगुरुङले नवौ नगर सम्मेलनद्धारा निर्वाचित समितिको घोषणा गर्नु भएको थियो ।
नगर सम्मेलनले ठाकुर पन्थको अध्यक्षतामा दुई रिक्त सहित १५ पुर्ण ५ बैकल्पिक र ५ सल्लाहकार सहित २५ सदस्यीय नगर समिति गठन गरेको छ । जस्माः उपाध्यक्ष– भगतराम बस्नेत, सचिव– मन बहादुर महर, सहसचिव– धर्मसिहं डगार, कोषाध्यक्ष– राम कुमार वुढा र सदस्यहरुमा सोवाखर पन्थ, भुवन केसी, रतन केसी, गंगाराम छन्त्याल, दिलीप पुन, सन्नी कुमार, राम बहादुर र दुई स्थान रिक्त रहेको छ । यसैगरि बैकल्पिक सदस्यहरुमाः धन बहादुर, भिम बहादुर, देबेन्द्र पन्थ, ज्ञान प्रसाद भुसाल र अनिल शाही रहनु भएको छ। यसैगरी सल्लाहकारहरुमा ओमप्रकाश, सावन कुमार, सुन्दर सिंह, पारस शाही र ओम बहादुर रहनुभएको छ ।
महिला विभागः
संयोजक– लिलादेवी पुन, सहस्यहरुमाः मोती, मिथा पन्थ, शिवा पन्थ, पुनम वस्नेत, शान्तिकला महर, सन्ध्या महर, शोभा महर, भगवती बुढा, चुना केसी, चम्पादेवी, शान्ती डगर र एक स्थान रिक्त रहेको छ । दुबै समिति एवं विभागको घोषणा केन्द्रीय सदस्य नेत्र गुरुङले गर्नुभएको थियो ।
घोषणा सभामा नवनिर्वाचित समितिलाई शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्यहरु सोभाखर पन्थ, तिलक पौडेल र खिमराज चालिसे, सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, केन्द्रीय साँस्कृतिक विभागका बिनुकुमारी नेपाली, हिमाचल राज्य समितिका चिन्ता बहादुर पुन, सिताराम बुढा, सोहनलाल ओली, परमाणुबाट कुमराज पुन, चंडिगढबाट लिला बिक, रामपुरबाट गगन ओली र धनीराम सान्दिल लगाएत हुनुहुन्थ्यो।
घोषणा सभा भुबन केसीको सञ्चालनमा तथा बलजित सिंह बाबाको अध्यक्षतामा सम्पन्न भएको थियो भने ठाकुर पन्थ र रक्तिम साँस्कृतिक कलाकारहरुले स्वागत गर्नु भएको थियो ।
घोषणा सभापूर्व नगर निगम कार्यालयदेखि डिसी अफिससम्म र डिसीअफिसदेखि नगर निगमको कार्यालय सम्म माचपास गरिएको थियो । रक्तिम साँस्कृतिक कलाकारहरुले भव्य साँकृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उद्घाटन कार्यक्रम मन बहादुर महरको अध्यक्षता एवं भूवन केसीको सञ्चालन र ज्ञात अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पछि बलजित सिंहले स्वागत गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले गर्नुभएको थियो । कार्यक्रमका केन्द्रीय सदस्य नेत्र गुरुङ, शोभाखर पन्थ, राज्य समितिका चिन्त बहादुर पुनले आतित्थ्यता गर्नुभएको थियो ।