हैदरावाद । भारतको नयाँदिल्लीबाट बेपत्ता भएकी १७ वर्षीया किशोरी पवित्रा थापालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले निजको परिवारलाई बुझाएको छ ।
हराएको करिब साढे तीन महिनापछि अगस्त १९, २०२४ का दिन मूल प्रवाहले निजका दाजु तरुण थापालाई भेटिएकी पवित्रालाई बुझाएको हो ।
पवित्रा हैदराबादमा भएको सूचना फोनकलको आधारमा जानकारी प्राप्त भएपछि मूल प्रवाह मध्यदक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल, केन्द्रीय प्रतिनिधि रतन सिंह र उत्तर हैदरावाद नगर समितिका दानबहादुर विष्टले लगातार तीन दिनसम्म खोजतलास गरेपछि अगस्त १८ का दिन उनी फेला परेकी थिइन् ।
हराएकी पवित्राका दाजु थापाले यस कामका लागि मूल प्रवाहलाई धन्यवाद ज्ञापन गरेको क्षेत्रीय अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।