तीज गीत : गाउमा भने वृद्धामात्र कुरी बस्या छन्

देशमा भाको भष्ट्राचारलाई हटाउने चाहाना।
मूल प्रवाह चंडिगढ को शुभ कामना।।
पहिलो स्वागत मार्गदर्शन गर्नुहुने अतिथी ।
दोश्रो स्वागत प्यारा जनता सबै उपस्थिति ।।

आम नेपाली संगठित गराउनु छ हामीले ।
आन्दोलनमा आउन मद्धत पुराऔं साथीले।।
भष्ट्राचारले चुर्लुम्म देश डुबेको छ अहिले ।
राष्ट्रियता माथी खतरा आउन नदेउ कहिल्लै ।।

देशमा रोजगार नभाकोले युवा विदेश पस्दैछन ।
गाउमा भने वृद्धामात्र कुरी बस्या छन् ।।
राष्ट्रियता खतरामा गणतन्त्र संविधान ।
यस्तै भयो भने देशको झुक्छ स्वाभिमान ।।

अझ बढदो कुरिती र कु सँस्कारले घेर्दैछ ।
मौलिक गित सँस्कृती यहा लोप हुदै छ ।।
अत्यधिक खर्च अनि बजारमुखि प्रवृती ।
मनोरंजन भन्दै देशमा ल्याए विकृति ।।

लौंगिक समानताको हक हाम्लाई चाहिन्छ ।
विभेदकारी व्यवस्थालाई निर्मुल पार्नुछ ।।
मौलिक गित संगितको हराउदो प्रवृती ।
सभ्यतालाई ओझेल पारी ल्याए विकृति ।।

सामाजिक एकता र सदभावमा ध्यान दिनुछ।
न्यायका आवाज समाजमा अगि ल्याउनु छ ।।
सामाजिक र सास्कृतिकले राम्रो शंदेश ल्याउने छ ।
सचेतना र सुधारको दियो जल्नेछ ।।

समानताका शव्द लेख्ने चलिरहोस कलम ।
यो गितलाई यहि रोक्छु लालसलाम ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार