तिजि गित : मूल प्रवाहमा सङठित बनौं

अप्ठ्यारा र चुनौतिको गर्दै जाउ सामना,
२०८१ सालको तिजमा शुभकामना

घुमिफिरी तिज आयो मनमा पिर लाइरहने
देशको हाल देखेर मुटु खाइरहने

जताततै भ्रस्टाचार अनि मिलि भगत
जनताले देखाउनु छ आफ्नो तागत

चुनाबमा भासण गर्छन देशको बिकास गरने
चुनाबपछी बिदेशिका शरण परने

सबैभन्दा अन्यायमा महिला नै परेका
शासकहरु सबैले भेदभाव गरेका

भेदभाव का विरुद्धमा एकजुट भएर
लाग्नुपर्छ आन्दोलनमा हुन्न सहेर

बाहिर कुरा गरिहिड्छन समानता र अधिकार
बास्तबमा दिने होइनन् गर्छन ब्यभिचार

आधा आकास आधा धर्ती ओगटेका नारिको
कथा ब्यथा उस्तै उस्तै सन्सार भरिको

सचेत अनि शिक्षा दीक्षा आत्म निर्भर बनेर
बिस्वास गरौं नौलोदिन ल्याउने भनेर

देशमा रोजगार नपाएर भारतमा आएका
मूल प्रवाह संगठन को साथ पाएका

अन्याय को बिरुद्ध मा लेख्न बोल्न सिकायो
अलमल परि बसेकालाई बाटो देखायो

प्रबासमा छरिएका पुरुस र महिला
सहि र ठिक कुन छ भनी छुट्याउ पहिला

भेदभाव नगरी लाग्छ सधै मूल प्रवाह
त्यही भएर आशा गर्छन भारत भरका

दुर्घटना गाह्रो सार्हो अनि बिमार हुदानी
अप्ठ्यारो र बिपत्तिमा मन रुदानी

सान्तोना र हौसला का बुलन्दित आवाजले
अभिबाकिय जिम्मा पायो हाम्रो समाजले

त्यही भएर यो समाजलाई अझै अघि बढाउ
सामाजिक भावना पढौ पढाउ

मूल प्रवाहमा लागौं सबै प्रबासी जनता
यहाँ भन्दा फराकिलो छैन ठाउँ अन्त

महिलाहरु सचित बनी अघि अघि बढ्नु छ
नारी मुक्ती आन्दोलन को शिखर चढ्नु छ

अन्यायको बिरुद्ध मा चल्ने मेरो कलम
यो गितको अन्त्य भयो लाल सलाम।।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार