तीजको गीत : बिकृतीको बिरोध

चाडबाडको नाममा भित्राएर बिकृती
हेरन लालुमै बिगारे सस्कृती।

दुई महिना पहिलादेखि भतेर लाग्छ दरको
हेरन लालुमै काम छोडी घरको।

परिबारलाइ छैन भोकमा खान रातमा निद
हेरन लालुमै छाडा छन् तीजका गीत।

अहिलेका कुनै गीत सकिँदैन सुनन
हेरन लालुमै पर्छ कान थुनन।

नाङ्गा नाच नाची भन्छन् समाज फेरनी
हेरन लालुमै क्यारी हो हेरनी।

महिलाहरु टिल हुन्छन् गरेर मध्यपान
हेरन लालुमै आफैको अपमान।

गहना र कपडा प्रदर्शनी रेलो छ
हेरन लालुमै सकिनी खेलो छ।

आधा अंग लुगा लाउन स्वतन्त्रता पाको रे
हेरन लालुमै नारी युग आको रे।

पश्चिमा शैली मौलायो स्वतन्त्रताको नाममा
हेरन लालुमै पुइसक्यो गाममा।

गाउँ शहर उठ्नै पर्छ पाश्र्चात शैली हटाउन
हेरन लालुमै पर्छ यसलाई डाडा कटाउन।

महिला हकहितका गीतहरु गाउनी हो
हेरन लालुमै साधा रातो साडी लाउनी हो ।

स्वास्थ्यलाई लाभ हुने साधा खाना खानी हो
हेरन लालुमै रमाउदै माइत जानी हो ।
।समाप्त।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार