तिज आउँदा सम्झना आयो माईतिघरको
झल्को लाग्यो मनमा बाला पनको ।
उडि जाउ कि हिडि जाऊँ बिदेसमा मेरो बास
यो बिरानो ठाउँमा कस्को मान्नु आस ।
बाबाले फोन गर्नु भो के छ खबर सोध्नु भो
बिदा माग छोरी लिन आउँछु भन्नु भो ।
तिज आयो सम्झना आयो माईति घरको
झल्को लाग्यो मनमा बाला पनको ।
बाबा लिन बोलाउ भने बुढेस कालले छोएको
फोनमा सधैं आमालाई देख्छु रोएको ।
संगी साथी जुटे होलान् वरका र परेका
सुन्य भयो भन्छन आगन माईति घरका ।
तिज आउँदा सम्झना आयो माईति घरको
झल्को लाग्यो मनमा बाला पनको ।