तीजको गीत: रात‍ो झण्डा

सबैले तीज मान्न पाउन यो मनको चाहना
81 साल तीजको सुभकामना।

रातो झण्डा मूल प्रबाहको उठाइ अघि बढ्ने हो
अन्यायको बिरुद्धमा सधै लड्ने हो ।

भ्रष्टाचारी नेताको सधै झोले बनेर
बस्न हुन्न उठौ अब कम्मर कसेर।

कति धेरै राम्रो छ सुन्दर सान्त नेपाल
भ्रष्टाचारी नेताले बनाए बेहाल ।

सचेत हुनुपर्ने अब बेला आइसक्यो
साम्राज्यवादले हाम्रो देशमा आँखा लाइसक्यो।

नदीनाला कति बेचे कति हड्पे जग्गानी
कालापानी लिपुलेक लिम्पिधुरा धुरानी।

हातेमालो गरेर सबै हिडौ मिलेर
मूल प्रबाहको सदस्यता सबले लिएर।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार