तिज आयो घुमीफिरी लौ हेर
हामी सबै मिलेर नाचौ बरिलै २
महिला अधिकार यो ब्यबब्यबस्था दिदैन
महिला मुक्ति आन्दोलन सशक्त बढाऊ बरिलै २
देशको आज दुःखेको घाऊ
गरिब जनतालाई के खाऊ के लाऊ छ नि बरिलै२
क्रान्तिपथमा अघिअघि बढदै जाऊ
माक्र्स एंगेल्स लेनिन माओको बाटोमा कुदौ बरिलै२
सांमन्तको साम्राज्य आज
वस्त पार्ने अठोत गरौ बरिलै २
महिला अधिकार हनन भएको छ
संघर्ष शिल बनैर मुक्तिमार्ग पहिल्याऊ बरिलै २
देशलाई आज अफ्ठारोमा पारेका छन
राजस्व रित्याएर देश झनै गरिब बरिलै २
अधिनायकवादी शाषनको गन्ध
ऊठौं अब उदघोष गरि जनआन्दोलनको खंचो बरिलै ३