बलत्कारी, हत्या, हिंसा हटाउने चाहना,
मूल प्रवाह हैदरावादको शुभकामना ।
राम्रो देख्न सुन्न छैन शुभखबर कैपनि,
दिक्क लाग्छ देशको हालत देख्दा जे पनि ।
घुम्दैफिर्दै आयो तीज दिदी बहिनी नचाउन,
एक जुटभई हिडौं अब देश बचाउन ।
डक्टर पनि सुरक्षित रहेनन् भेषमा,
सेता कपडा राता भए हरेक देशमा ।
छोरीलाई हुर्काइ बढाई पढाई नर्समा,
बलत्कार हत्या हिंसा हरेका वर्षमा ।
मिलिभगत गरि मारे बलत्कार गरेर,
सुरक्षित भएनन् छोरी डक्टर बढेर ।
जताततै उस्तै देख्छु चेलीको करिम,
देश अलक भेष एउटै संसार भरिमा ।
गुडने देखि उड्नेसम्म छोरी छन् डाइभर,
दिनदिनै बलत्कार भयो भन्ने आउँछ खबर ।
देशको हालत देखेर यति मन रुंदैन,
बलत्कारी हत्यारालाई छोड्नु हुँदैन ।