एकता लाई दिगो बनाऊँ

दुख र कष्ट सँगै गर्दै जाउँ सामना
८१ साल तीजको शुभकामना।
सुन्नुहोला दिदिबहिनि सुन्नु होला दाजुभाइ
तीज मनाउँ मुल प्रबाहमा गोलबन्द भइ।

संगठनको रातो झण्डा हाम्रो अभिमान हो
एकताको सन्देश दिने यसको सान हो।
कश्मिर देखि जगाउँदै पुग्छ कन्याकुमारि
बिदेश मा पुगेको छ दुख नमानि।

भारत भरि संगठन को चलिराछ धमाका
फुटपरस्त हरूले टाउको समाएका।
भारत का गल्ली गल्ली पुग्दै शहर बजार
सात जनाले शुरू गरि सयाैै हजार ।।

चेतनाको दियो बाल्दै निदाएका बस्तिमा
दिनरात नभनेर जान्छन् गस्तीमा ।
बेचिएका कति चेली उद्धार गरि पठायो
चुनाव आउदा कार्यकर्ता देशमा खटायो।

ज्ञापनपत्र दिन्छ कैले दिल्ली दुताबासमा
लुटपाट को बिरोध गर्दै पुग्छ सिमाना।
सैद्धान्तिक र ब्यबहारिक ज्ञानको ज्योति छरेर
कार्यकर्ता ,नेता हरू तयार पारेर ।

मुल प्रबाहको खुराक ले राजनीति सिकेर
संसदममा पुगे चेलि बिचार बोकेर
हातमा हात मिलाउँदै यो झण्डा लाई समाउँ
नेपाली को एकता लाई दिगो बनाउँ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार