हैदरावादमा तिजी कार्यक्रम सम्पन्न

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति द्वारा संचालित क्षेत्रीय महिला विभागको आयोजनामा तिजि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता क्षेत्रीय महिला विभाग कि संयोजक पुष्पा पौडेल, सञ्चालन सीता थापाले र स्वागत क्षेत्रीय विभागकी सदस्य सबिता पौडेलले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति कि सदस्य तथा केन्द्रीय संयोजक फुलबिना पौडेल, विशेष अतिथि मूल प्रवाहका महासचिव प्रेम पौडेल, केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेल र केन्द्रीय सदस्य कृष्ण बहादुर थापा, भुत पुर्व केन्द्रीय सदस्य खिम बहादुर बिक, केन्द्रीय प्रतिनिधि रतन सिंह बिक, मध्य दक्षिण क्षेत्रीय सचीव तिलक राना, क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य राजु दुलाल, गंगा कडायत, मध्य नगर उपाध्यक्ष थान बहादुर क्षेत्री, उत्तर नगर अध्यक्ष मोहन लाल शर्मा, उत्तर नगर सदस्य सुर्य बहादुर थापा, दक्षिण नगर अध्यक्ष वीर बहादुर बिक, रक्तिम केन्द्रीय विभाग माया थापा, रक्तिम क्षेत्रीय विभाग संयोजक कृष्ण कुमारी बिक, मध्य नगर महिला विभाग गुमा राना, उत्तर नगर महिला विभाग बिजुला शर्मा लगायतले आतित्थ्यता एवं शुभकामना मन्तव्य दिनुभएको थियो ।

फुलबिना पौडेलले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । महासचिव प्रेम पौडेलले महिलाहरूको महान पर्व हरितालिका तिज कार्यक्रमलाई सम्बोधन गर्दै समाजमा बेथिति र उछिङाल खालका गित तथा नृत्य प्रस्तुत गरि समाजलाई दुर्गन्धित बनाईएको जसका वि?द्ध यस समाज ले प्रगतिशील प्रकार गित नृत्य प्रस्तुत गरि महिला हरूको सम्मानका साथै समाजमा घटेका घटना, महिला हिंसा, महिला माथी हुने शोषण दमन, अन्याय अत्याचारका वि?द्ध आवाज बुलन्द गर्दै महिला मुक्ति आन्दोलनमा महिलाहरू अग्रसर रहेको बताउनु भयो ।

कार्यक्रममा विभिन्न एरियाहरूबाट, मध्य नगर विभाग, उत्तर नगर विभाग, क्षेत्रीय विभाग र रक्तिम द्वारा प्रगतिशील गित र नृत्य प्रस्तुत गरिएको थियो । बिच बिचमा रक्तिम द्वारा गित तथा नृत्य प्रस्तुत गरि कार्यक्रम लाई अझै रोचक बनाईएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार