बेंगलोर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर महिला विभागको आयोजनामा तिजी कार्यक्रम सम्पन्न पारिएको छ ।
तिलक केसीको सञ्चालन र सरस्वति केसीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञातअज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पछि रक्तिम साँस्कृतिक कलाकारहरुले गित बाट र सीता कुँवरले शब्दबाट स्वागत गर्नु भएको थियो ।
प्रमुख अतिथि केन्द्रीय सदस्य तथा क्षेत्रिय अध्यक्ष चन्द्र बहादुर थापा, अन्य अतिथिहरुमा दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष दसरथ विक, सदस्य धर्म पहरी, सदस्य ओम बहादुर दाहाल, क्षेत्रीय महिला विभागका सदस्य दुरा पहरी, उत्तर नगर समितिका सदस्य तथा भूपू अन्तर्राष्ट्रिय नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य जय बहादुर विक, उत्तर नगर समिति महिला विभागका सदस्य निर्मला दाहाल, दक्षिण नगर समितिका सदस्य बलराम विक, दक्षिण नगर महिला विभागका सदस्य राजु देवी विक, रक्तिम साँस्कृतिक क्षेत्रीय विभागका सदस्य रामराज पौडेल लगायतले आतिथ्यता गर्नुभएको थियो ।
प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले तालीको गड्गडाहट बीच दीपा प्रजोलान गरी उद्धघाटन तथा उद्धघाटन भाषणमा तीजको बारेमा र प्रगतिशील तिजको बारेमा स्पष्ट जानकारी गर्दै सम्पूर्ण महिला दिदी बहिनीहरूले संगठित भएर आफ्ना हकहितका लागि अगाडि बढ्न पर्छ भनेर भन्नु भएको थियो ।
अन्य अतिथिहरुले पनि आ–आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
बिचबीचमा महिला दिदी बहिनीहरूले आ–आफ्नो तर्फबाट तीजको लयमा भव्य रूपमा नाँच्दै गाउँदै भरतपुर मनोरञ्जन लिउन भएको थियो ।