सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समितिको आयोजनामा तिजी कार्यक्रम सम्पन्न भएको छ । शान्ति तिरुवाको अध्यक्षता र सञ्चालन सविना कुंवरले गर्नुभएको थियो भने लक्ष्मी वड र रक्तिम साँस्कृतिक कलाकारले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय समितिका सदस्य गोविन्द थापा प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै पश्चिम भारत क्षेत्रीय अध्यक्ष वेद बहादुर कार्की, केन्द्रीय सल्लाहकार सदस्य धुर्वराज न्यौंपाने, सुरत नगर अध्यक्ष किशोर ताम्राकार, पश्चिम भारत क्षेत्रीय कोषाध्यक्ष हरि कुमार गिरी, पश्चिम भारत क्षेत्रीय समिति सदस्य विन बहादुर रेग्मी, पुर्ण विक, प्रकाश जनाला, पश्चिम भारत क्षेत्रीय सहसचिव तथा रक्तिम साँस्कृतिक विभाग संयोजक हरी काउछा, केन्द्रीय महिला बिभाग कि सदस्य विना काउछाको आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना दिदै प्रमुख अतिथि गोबिंद थापाले भन्नु भयो तिजको नाममा जसरी बजार हेर्न नसक्ने गरी गितहरू सार्वजनिक भएका छन् । यसले हाम्रो समाजमा विकृति फैलाई रहेकोहुँदा दिदी बहिनीहरूले त्यस्ता गितहरूलाई तृस्कित गर्नु पर्ने र तिजलाई मौलिक र प्रगतिशील तरिकाले मनाउनु पर्ने भन्नाई राख्नु भएको थियो ।