कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम महिला नगर बिभागको आयोजनामा प्रगतिसिल हरितालिका तिज मनाइएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य चोबनाथ शर्माको प्रमुख अतित्थ्यता रहेको सो कार्यक्रमलाई उद्घाटन गर्दै मन्तब्यमा श्रमजिबि महिलाहरूको हकहित र अधिकार कागजमा उल्लेख भएता पनि पत्यक्ष रुपमा अझै महिलाहरूले उपयोग गर्न नपायको बताउदै सँघर्षमा गोलबन्द हुनपर्ने आबस्यक्तालाई जोड दिनुभयो ।
त्यस्तै दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, क्षेत्रीय सदस्य भिमलाल शर्मा मनोज जि सि, भद्र बहादुर थापा, क्षेत्रीय महिला बिभागका सदस्य खिरमयाँ थापा, रक्तिम बिभागका सम्झना श्रीस थापा, अखिल भारत नेपाली बिद्यार्थि संघ केन्द्रीय तथा दक्षिण भारत क्षेत्रीय सदस्य प्रदिप शर्माको अतित्थ्यता रहेको थियो ।
देबि रिजाल अधिकारीको सञ्चालन र खुमा देबि शर्माको अध्यक्षताबाट अगाडि बढेको उक्त कार्यक्रममा ज्ञातअज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण पश्चात उपस्थित जनसमुदायहरूलाई शब्दबाट धनकुमारी केसी र रक्तिमका कलाकारहरूले गितबाट स्वागत गरेका थिए ।
एकराज पौडेल, हरि प्रसाद पौडेल, जंग बहादुर थापा, लाल चन्द्र पौडेल, कुमारी थापा, बुद्विमान नेपाली, छबिलाल कार्किले शुस्भकामना मन्तब्य दिनुभएको थियो ।
रक्तिम कलाकारहरु र उपस्थित दिदी बैनिहरूले प्रगतिहिल एवं मौलिक तिज गित तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रम रोचक बनाएका थिए ।