चंडिगढ, ६ सेप्टेम्बर । ‘महिलाहरूलाई राजनैतिक साँस्कृतिक र पैतृक सम्पतीमा समान अधिकार मिल्नुपर्छ।’ उक्त कुरा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर विभाग चंडिगढको आयोजनामा तिजी कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन गर्दै मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनबीर पुनमगरले बताउनु भएको हो । पुनले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको समारोहमा महिलाहरूलाई राजनैतिक रुपमा जागरुक पार्न पर्ने धारणा समेत राख्नु भएको थियो ।
‘प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी संघर्ष गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न सो समारोहमा मूल प्रवाहका केद्रीय सदस्य तिलक पौडेल, क्षेत्रीय सदस्य जुना चालिसे र तेज बहादुर रोका, महिला क्षेत्रीय सदस्य सिमा खडका, अध्यक्ष मान बहादुर केसी, विध्यार्थी केन्द्रीय सदस्य नारायण आचार्य, नगर सदस्य धमन थापा, रक्तिम बिभागका लिला बिक, समता विभागका दुर्गा बिक, लगाएतको आथित्यता रहेको थियोे।
कार्यक्रम जिवा गुरूंङको अध्यक्षतामा तथा जबुना खनालको सञ्चालनमा सम्पन्न भएको हो भने लक्ष्मी अधिकारी र कलाकारहरूले स्वागत गर्नुभएको थियो ।