दिल्ली नगर समितिको १८औं सम्मेलन सम्पन्न

दिल्ली, ६ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिको १८औं सम्मेलन भव्य रुपमा सम्पन्न पारिएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले गर्नुभएको थियो ।

खनालले भारतव्यापी रुपमा सञ्चालन भईरहेको मूल प्रवाहको नगर सम्मेलन अभियान प्रवासी नेपालीहरुको मताधिकार सुनिश्चित्ताको एउटा आन्दोलनको रुपमा बुझ्नु पर्ने बताउनु भयो । खनालले देशमा राज्यले रोजागारीको व्यवस्थापन गर्न नसक्दा प्रासिन वाध्य पारिएका नेपालीहरुको अभिभावक संगठनको हैसियतले उनीहरुको समस्याको बारेमा मूल प्रवाह संधैभरि अग्रस्थानमा रहेको बताउनु भयो ।

सम्मेलनले सुनिल थापाको अध्यक्षतामा ९ पूर्ण ३ वैकल्पिक र ३ सल्लाहकार गरि १५ सदस्यीय दिल्ली नगर समिति निर्वाचित गरेको छ । जसमाः उपाध्यक्ष– डोलराज शर्मा, सचिव– रामप्रसाद धमाला, सहसचिव– बोम बहादुर विक र कोषाध्यक्ष– नरेन्द्र अधिकारी, सदस्यमाः नारायण कुश्मेली, हरि ज्ञावली, अमृता थापा, विशाल खनाल, वैकल्पिक सदस्यमाः मायाँ थापा, विमला थापा र एक स्थान रिक्त रहेको छ । सम्मेलनले नन्दा शर्मा र एमवी हिताङलाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त राखिएको छ ।

महिला विभाग :
अमृताको संयोजकत्वमा ९ सदस्यीय महिला नगर विभाग पनि गठन गरिएको छ । जसमा सदस्यहरु क्रमशः विमला देवी, इन्द्रा मल्ल, सपना सुनार, राधिका सुनार, मायाँ थापा, मायाँ थापा, सुनीता धमाला र जमुना देवी रहनुभएको छ ।

साँस्कृतिक विभाग :
राजकुमारको संयोजकत्वमा ११ सदस्यीय साँस्कृतिक विभाग पनि गठन गरिएको छ । जसमा सदस्यहरु क्रमशः हरि ज्ञावली, अमृता थापा, मायाँ थापा, मायाँ थापा, मन्नी थापा, लक्ष्मी राना, पुजा राना, आस्था थापा, विमला देवी र सपना रहनुभएको छ ।

नगर समिति र दुबै विभागहरुको घोषणा केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय सचिव शिव केसीले गर्नुभएको थियो ।

नवनिर्वाचित समितिलाई कपिल खनाल र सोनीपत नगर समितिका सचिव कृष्ण वैजालीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

रामु धमालाको अध्यक्षता र डोलराज शर्माको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुको संझनामा एकमिनेट मौनधारण पछि शब्दबाट नारायण कुश्मेलीले र साँस्कृतिक विभागका कलाकारहरुले गित संगितबाट स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार