रेवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समिति र महिला विभागको संयुक्त आयोजनमा हरितालिका तीज भव्य र शानदार रूपमा सम्पन्न भएको छ । महिला विभागको संयोजक शांति सिंहको अध्यक्षता र रितिका बस्नेतको सञ्चालनमा आयोजित कार्यक्रममा अतिथि आसन ग्रहण पछी ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनट मौनधारण गरेर श्रद्धांजलि अर्पण गरियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य ज्ञान प्रसाद शर्मा, डान बास्को स्कूलकी प्रिंसिपल पिंकी तंवर, पश्चिमोत्तर क्षेत्रीय समितिका सलाहकार प्रेम अधिकारी, रेवाडी नगर समितिको अध्यक्ष राम बहादुर खड्का, जोग बहादुर आले, निमराना नगर समितिदेखि देवराज पुन लगायतले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमको दौरान रेवाडी महिला विभागकी महिलाहरुद्वारा तैयार मौलिक गीत, संगीत, नृत्य, महिलाहरु र बच्चाहरुको म्यूजिक चेयर प्रतियोगिता आकर्षणको केन्द्र रहेको थियो । १५ महिलाहरु बीचभएको म्युजिकचेयर प्रतियोगितामा बसंती सिंह प्रथम, शान्ति सिंह तृतीय र प्रियंकाले द्वितीय स्थान प्राप्त गर्नु भयो ।
त्यस्तै बच्चाहरुको नौ जना प्रतिभागी बीच प्रथम र द्वितीय स्थान प्राप्त क्रमशः शिल्पा र ज्योतिलाई पुरस्कार प्रदान गरियो । उपाध्यक्ष देवेन्द्र केसी, सचिव हिमलाल, लक्ष्मण श्रेष्ठ सहित नगर समिति र महिला विभागका समस्त टीमको उपस्थिति र सहयोग रहेको थियो । रेवाडीमा आयोजित हरितालिका तीज को अवसरमा म्यूजिक चेयर प्रतियोगिताको विजेता सम्मान ।