सिरसा नगर भेला सम्पन्न, अध्यक्षमा सुरेश विक

सिरसा, ६ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत सिरसा नगर समितिको भेला सम्पन्न भएको छ । केन्द्रीय सचिव त्रिभुवन भट्टराईको विशेष उपस्थितिमा सम्पन्न उक्त भेलाले सुरेस बिकको अध्यक्षतामा १३ पूणर्, ४ सल्लाहकार र ४ वैकल्पिक गरि २१ सदस्यीय सिरसा नगर संगठन समिति चयन गरेको छ ।

जसमाः सचिब- रबि बिक, सहसचिब- गोपाल बिक, कोषाध्यक्ष- बिजय बिक, सदस्यहरुमा क्रमशः विजय सुनार, संकर गौतम, रामु सिंह, सुनिता भट्टराई, रिता सुनार, विविता सुनार, कमला सोनी, गोपाल सुनार, कुसुम सुनार, वैकल्पिक सदस्यमाः कमला सुनार, रिता देवी, विजय व्रमल र मुकेश नेपाली रहनुभएको छ । भेलाले त्रिभुवन भट्टराई, विनोद पुन, रिता जिसी र पुनमलाई सल्लाहकारमा चयन गरेको छ ।

विजय सुनारको अध्यक्षता सुरेश विकको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रमा सहभागिहरुलाई संकर गौतमले स्वागत गर्नुभएको थियो । भेलाको विधिवत उद्घाटन प्रमुख अतिथि त्रिभुवन भट्टराईले गर्नुभएको थियो ।

सोही दिन भव्य तिजी कार्यक्रमको पनि आयोजन गरिएको थियो । सहभागि महिला दिदी बहिनीहरुले पारम्पारिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार