कोयम्बटोर टाउन हल र कनबाई एरिया समितिको संयुक्त भेला सम्पन्न

कोयम्बटोर, १ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बतुर नगर समिति अन्तर्गत टाउन हल  एरिया समितिहरुको १३औं सम्मेलन पछिको चौंथो भेला र कनबाई एरिया समितिको ११औं सम्मेलन पछिको चौंथो संयुक्त भेला सम्पन्न भएको छ ।

चन्द्र प्रसाद पौडेलको सञ्चालन, चन्द्रदत्त शर्माको अध्यक्षता एवं शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि कार्यक्रममा सहभागिहरुलाई चिरन्जिवी शर्माले स्वागत गर्नुभएको थियो ।

भेलाको उद्घाटन केन्द्रीय कोषाध्यक्ष मदन शर्माले गर्नुभएको थियो । दक्षिण भारत क्षेत्रीय प्रतिनिधि खिमानन्द शर्मा, कोयम्बतुर नगर समितिका संस्थापक सदस्य रविशंकर शर्माले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

दोश्रो चरण को कार्यक्रम (बन्दशत्र कार्यक्रम) जमुना पौडेलको सञ्चालन तथा लक्ष्मी देबी (दिब्यश्री) शर्माको अध्यक्षताबाट अगाडि बढेको थियो । कार्यक्रममा मदन शर्मा, खिमानन्द शर्मा, रवि शंकार शर्मा, भिमबहादुर थापाको आतित्थ्यता रहेको थियो ।

टाउन हल  एरिया समितिहरुको प्रगति प्रतिबेदन चन्द्र प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो । कनबाई एरिया समितिको चन्द्रदत्त शर्माले प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक प्रतिबेदन टाउन हल एरिया समितिहरुको जमुना पौडेल र कनबाई एरिया समितिको चन्द्रदत्त शर्माले प्रस्तुत गर्नुभएको थियो । पुरानो समतिहरुकोको आलोचना पछी पुरानो समिति बिगथान भयो ।

घोषणा-सभा समारोहको अध्यक्षता घनश्याम शर्माले र सञ्चालन चिरन्जिबी शर्माले गर्नुभएको थियो ।

टाउन हल :

टाउन हल एरिया समितिका नवनिर्बाचित कार्यकारणी हरुको नामावली निम्नप्रकार छ । जसमाः अध्यक्ष- चन्द्र प्रसाद पौडेल, उपाध्यक्ष- घनश्याम शर्मा, सचिव- नारायण शर्मा, सह-सचिव- प्रेम बहादुर हमाल, कोषाध्यक्ष- जमुना पौडेल, सदस्यहरुमा : देब नारायण ढकाल, नरेन्द्र बहादुर थापा, बैकल्पिक सदस्य डील बहादुर खत्री र लिलाधर ढकाल रहनुभएको छ । त्यस्तै सल्लाहकारमा चित्र बहादुर योगी अम्मर बहादुर थापा रहनुभएको छ ।

कनबाई :

कनबाई एरिया समितिका नवनिर्बाचित कार्यकारणी हरुको नामावली निम्नप्रकार छ । अध्यक्ष-चिरन्जिबी शर्मा, उपाध्यक्ष- दिब्यश्री शर्मा (लक्ष्मी), सचिव- रमेश पाण्डे, सह-सचिव- अर्जुन के.सी., कोषाध्यक्ष- चन्द्रदत्त शर्मा, सदस्यमाः रोशन शर्मा, गंगा प्रसाद उपाध्याय, बैकल्पिक सदस्यमाः तेजेन्द्र बहादुर रोकाया र नारायण शर्मा रहनुभएको छ । त्यस्तै सल्लाहकारमा : गोबिन्द उपाध्याय रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।

नवनिर्वाचित समितिलाई मदन शर्मा, खिमानन्द शर्मा, रविशंकर शर्मा, खेमकला शर्माले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार