बर्ग एउटै हो

सुन्नुस् दिदी बैनीहरु सुन्नुस् सबै दाजु भाई
देशको हालत बिक्रिएको चिन्ता हामीलाई
नेता सधै सत्ताको लुछाचुडि गर्दैछन्
युवाहरु देश बाट पलायन हुदैछन्।

नदिनाला कलकारखाना विदेशीलाई सुम्पिए
लुट्नु संम लुट्दै आएदेश कङ्गाल बनाए
सिधा साँधा जनता लाई भोटको भर्याङ बनाई
अझै कति सहिबस्ने यिनको रजाँई।

उडि जाने जहाजमा बाध्यताले खाडीमा
दिनहुँ सयौ लास आछन् काठको बाकसमा
चिन्ता छैन शासक लाई नागरिक कहाँ कस्ताछन्
भष्ट्र दलाल गफाँडीले देश हाक्या छन्।

पुरानाको विकल्पमा नयाँ भन्ने आएका छन्
यिनी झन खराव रहेछन् रहस्य खुल्दैछन्
जान्ने लाई छान्ने भन्ने नागरिकता नै नहुने
कुरा गर्ने सु- शासनका ठगिधन्दा चलाउने।

वाढि पैरो दुर्घट्ना जनता माथि बज्रपात
मृत्यूमा नि सरकारले गर्छ पक्षपात
निमूखा जनतालाई सधैभरि सास्ती छ
चिन्ता छैन शासक लाई सधै मस्ती छ।

गरिबको मर्म बुझ्न सत्ता चाहिन्छ जनताको
संगठित भई आवाज उठायौं समनताको
हेपिएका दविएका उत्पिडित जनता हो
कुरा बुझ्यौं चिनौ जाग्यौं बर्ग एउटै हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार