थाकेर होईन हारेर होईन

थाकेर होईन,
गरौ भने गर्न नसक्ने केही छैन,
कसैको देखासिकी भन्दा पनि
निस्वार्थ भावमा गर्छु म भनी,
पद प्रतिष्ठा लोभलालच त्याग्न सिक्नु पर्छ।
तब मात्र समाजमा कसैले केही गर्न सक्छ।।
आलोचना मात्र गर्न नसिकौ,
आत्मालोचनाले हामी बदलीन्छौ।
समाज सुधार्छु मात्र हैन पहीले
हामी आफै सुध्रीन सक्छौ।।
राम्रो कामको मुल्यांकन गर्न सीकौ।
रिसराग हैन हाते मालो गरेर हिड्न सीकौ।।
शत्रु बनेर हैन हमेसा मीत्र बनौ,
एकल हैन सधै हामी बनेर हीड्न सकौ।
धनको घमन्ड नगरौ सबैलाई

मील्ने एउटै कपडा अन्त,
लाखौको करोडौको मालीक हो या साधु या संत।
दुख सुख पीडा बेदना गरीबी सोधेर आउदैन।
रिसराग कसैले कसैको नगरौ,
जिवन गयो त फर्केर आउदैन।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार