पानीपत, २०–२१ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेतीय समिति अन्तर्गत पानीपत नगर समितिको १७औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सदस्य विक्रमसिंह राणाले गर्नुभएको थियो ।
सागर रानाको अध्यक्षता र राम सोमरेको सञ्चालनबाट अगाडि बढेको उक्त उद्घाटन कार्यक्रममा कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल र केन्द्रीय सदस्य तारा सोमरेको पनि आतित्थ्यता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई नारायण शर्माले स्वागत गर्नुभएको थियो ।
घोषणा सभा उमानन्द बन्जाडेको सञ्चालन र गंगा केसीको अध्यक्षताबाट अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई रामु सोमरेले स्वागत गर्नुभएको थियो ।
नगर समितिको नयाँ समितिको घोषणा शालिकराम आचार्यले र महिला विभागको घोषणा रेशमा विकले गर्नुभएको थियो ।
जसमाः अध्यक्ष– गंगा केसी, उपाध्यक्ष– विशनलाल विक, सचिव– नारायण शर्मा, सहसचिव– राम सोमरे, कोषाध्यक्ष– सागर राना, सदस्यमाः विष्णु सोमरे, हरि गुरुङ, निम बहादुर राना, बाबुराम क्षेत्री, मायाँ क्षेत्री, विष्णु केसी, वैकल्पिक सदस्यमाः मिना सोमरे, विष्णु पछाई र युवराज कार्की रहनुभएको छ । त्यस्तै सम्मेलनले ज्ञान बहादुर रेश्मी, अनिल ओली र वलबहादुर थापालाई सल्लाहकार चयन गरेको छ ।
महिला विभागः
संयोजक– मायाँ क्षेत्री, सदस्यहरु क्रमशः मिना सोमरे ए, मिना सोमरे वि, लक्ष्मी केसी, मिना सोमरे सि, मिना क्षेत्री, सरस्वती राना, लिला शर्मा, कृष्णा सोमरे, नेहा क्षेत्री, सरस्वती गुरुङ, सृजना विक, निर्मला ओली र विपना थापा रहनुभएको छ ।
घोषणा सभा केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । त्यस्तै केन्द्रीय सदस्य विक्रम सिंह राणा, शालिकराम आचार्य, तारा सोमरे, क्षेत्रीय सदस्य रेशम विक, गोवर्धन विक, साँस्कृतकि विभागबाट पहलसिंह परियार, समता विभागबाट अशोक विक, विद्यार्थी संघबाट कमलेस गौतम, रोहतक नगर समितिबा शुभास गौतम, भिवानी नगर समितिबाट डिल बहादुर भट्टराई, करनालबाट भोजराज विक, दिल्ली नगर समितिबाट सुनिल थापा र सोनीपत नगर समितिबाट बाशुदेव खनाल लगायतको आतित्थ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।
रक्तिमका कलाकारहरुद्धारा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।