मान्छेकै मुर्खताले विश्व आज रोइरहेछ
अहमताको जडले मानवता रित्याइरहेछ
कल्पी कल्पी वस्तीहरु उडाइरहेछ
खुशीका ती शहरहरु खरानी बनिरहेछ
धुवाँ र आगोको मुस्लो उडिरहेछ
हो
कयौं सपनाहरू मारिरहेछ
आज भन्न पाएको छैन
अस्पताल भन्न पाएको छैन
स्कुल भन्न पाएको छैन
गर्भवती आमाहरू
आफ्नो सन्तानको मुहार हेर्न पाएन
ससाना नानीबाबुहरुले संसार नियाल्न पाएन
कोही बाआमा गुमाएका छन् भने
कोही सन्तान गुमाएका छन्
लाखौंलाखको एक चिहान बनेको छ।
कहाँ छन् विश्व मानवअधिकारवादी
के हेर्दै छौँ तमासा
लुटिरहेछ साम्राज्यवादहरु
लडिरहेछ बुद्धिहिन सिपाहीहरु
तिम्रै रगत र पसिनामा
महाशक्ति बनिरहेको साम्राज्य
सोचेका छैनन् भविष्यका दिनहरु
मानव शक्तिको दाउपेजमा
यो संसार एकदिन खरानी परिणत हुँदैछ
विश्व आज संकटमा छ ।
२०८१/०६/११