अखिल (छैठौं) को अध्यक्षमा जिसी, महासचिव पोख्रेल

दाङ । अखिल (छैठौं) को अध्यक्षमा सुवाश जिसी (प्युठान) तथा महासचिवमा पुरण पोख्रेल (अर्घाखाँची) चयन हुनुभएको छ ।

२०८१ असोज १० देखि १२ गतेसम्म दाङको घोराहीमा सम्पन्न तेइसौँ राष्ट्रिय सम्मेलनले सो नेतृत्व चयन गरेको हो ।

२७ पूर्ण, आठ वैकल्पिक सदस्य र चार सल्लाहकार रहनुभएको सो केन्द्रीय समितिको उपाध्यक्षहरूमा देवेन्द्र पौडेल (मोरङ) र विवेक जिसी (त्रिभुवन विश्वविद्यालय), सचिवहरूमा जीवन नेपाली (अर्घाखाँची) र गणेश सापकोटा (बागलुङ) र कोषाध्यक्षमा समष्टि वुढा (रुकुमपूर्व) रहनुभएको छ ।

सम्मेलनले सदस्यहरूमा कुलचन्द्र शर्मा (रुपन्देही), केशव बुढाथोकी (प्युठान), सरिता पुन (रोल्पा), सन्ध्या भट्टराई (बारा), विमल खरेल (बागलुङ), महेश शर्मा (सुर्खेत), पूजा बेलबासे (काठमाडौँ), प्रकाश चुँधाली (अर्घाखाँची), कृष्ण वाग्ले (चितवन), सेवक भट्टराई (दाङ), लक्ष्मण पुन (प्युठान), दिनेश रैदास (दाङ), मदन भुसाल (काठमाडौँ), सृजना सुवेदी (रामेछाप), माधव विक (रुपन्देही), टिना अदै (कपिलवस्तु), अंशु ठडराई (पाल्पा), कर्ण नेपाली (बागलुङ), रेखा पौडेल (बागलुङ) र दिनेश खड्का (कैलाली) रहनुभएको छ ।

त्यस्तै, वैकल्पिक सदस्यहरू अमिर बासकोटा (झापा), पृथ्वी रोका (काठमाडौँ), हिमाल शाही (कैलाली), सविना परियार (प्युठान), निशा गौतम (नवलपरासी), सचिन ढकाल (गुल्मी), वर्षा पोख्रेल (नवलपुर) र भावना दर्लामी (बागलुङ) रहनुभएको छ ।

सम्मेलनले देवेन्द्र कुँवर (अर्घाखाँची), गणेश अधिकारी (कास्की), नवीन पाण्डे (सुनसरी) र सरोजमान सिंह (रुपन्देही) लाई सल्लाहकारमा चयन गरेको छ ।

सम्मेलनको उद्घाटन असोज १० गते राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले गर्नुभएको थियो ।

दोस्रो दिन सम्मेलनको बन्दशत्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार