बारम्बार बाढी पहिरो
जनधनको क्षती।
जताततै चिलबिल
बृद्ध केटाकेटी।।
कोहीका गुमे न्याना काख
कतिका रित्ता भए।
हेराहेरै आखै अगाडि
सयौं ज्यान गए।
तीन चार दीन वर्षा हुदा
डुबान जताततै।
समयमा रेस्क्यु टीम
पुग्दैनन् कतै।।
केही गर्ने युवाहरु
बिदेशको बास।
बृद्द बाबा आमाबाट
के गर्नु र आस।।
युवा के हो भन्ने कुरा
बुझ्दैन सरकारले।
यस्ता बिपद पर्दा उद्दार
गरिदिने कले?
छिट फुट युवाहरु
देखिन्छन् देशभित्र।
त्यसैले अझै सुन्दर नै छ
हाम्रो देशको चित्र।।
युवा बिदेश पलायन
नरोकिए अब।
डामाडोल पार्नेछ
आपद बिपदले सब।।
जस्ताको टहरा माथि
एक परिबार।
ग्वार पाउने आशामानै
बग्यो कठैबरा।।
फेरि पनि दुइजनाले
पुनर्जन्म पाए।
चाडकलाल भन्ने युबक
बचाउन आए।
वीर पुरुषको भन्दा सानो
छैन उनको काम।
इतिहासमा लेखिनु
पर्छ उनको नाम।।
सिङ्गो परिबारै गयो
पहिरोमा परी।
यस्ता घटना हाम्रो देशमा
भाछन् घरी घरी।।
जलबायु परिबर्तनको
असरले होकी।
स्वच्छ पारौ बाताबरणलाई
दुशित पार्ने कृयाकलाप रोकी।।
पिडीतको जिम्मेवारी
सरकारले लिनुपर्छ।
राजनैतिक चलखेल बिना
क्षतिपूर्ति दिनुपर्छ।।
मृतकलाइ श्रद्धाञ्जली
आफन्तलाई धैर्यधारणाको कामना।
जनधन गुमाउदाको पिडालाइ
बलियो मन बनाइ गरून् सामना।।