बेंलोरमा विस्तारित बैठक तथा भेला सम्पन्न

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त विस्तारित बैठक २९ सितम्बर २०२४ का दिनमा सम्पन्न भएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर समितिका अध्यक्ष धर्म पहरीको अध्यक्षता र दक्षिण नगर समितिका सहसचिव दान बहादुर पहरीको सञ्चालन पछि केन्द्रीय समितिका कोषाध्यक्ष मदन शर्माको प्रमुख आतित्थ्यता, केन्द्रीय सदस्य नरेश कुमार विक, क्षेत्रीय समितिका उपाध्यक्ष दसरथ विक, क्षेत्रीय महिला विभागका सदस्य दुरा पहरी लगायतको आतिथ्यता रहेको थियो ।

ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौनधारण पछि उपस्थित सम्पूर्णलाई शब्दबाट दक्षिण नगर समितिका उपाध्यक्ष परमानन्द खडायत र रक्तिमका कलाकारहरुले स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि मदन शर्माले तालिको गडगडाहट बिच द्वीप प्रवज्योलन गरी उद्घाटन एवं उद्दघाटन मन्तव्य राख्नु भएको थियो । एकता समाजको स्थापना १९७९ नवम्बर ७ तारिकका दिन विभिन्न कठिनाइहरू झेल्दै जन्मेको एकता समाज आज भारतका विभिन्न गल्ली र सहरहरूमा विदेशिएका नेपालीहरूको अभिभावक तथा पाठशालाको रुपमा सञ्चालित भएको बताउनु भयो ।

‘आज भारतमा सबै तिर नगर सम्मेलनको लहर चलिरहेको छ’ शर्माले भन्नु भयो– दक्षिण भारतमा केही अराजक व्यक्तिहरूले संगठनको छविलाई धमिल्याउन खोजेका थिए । त्यसको सामना पनि मूल प्रवाहका कार्यकर्ताहरूले परास्त गरिदिएका छन् ।’
अन्य अतिथिहरूले पनि आ आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

एरिया समितिबाट आफ्नो रिपोर्ट तथा शुभकामना दिनुभएको थियो । रचना हाल्ली एरियाबाट जय बहादुर विक, केवलबयर सन्द्र एरियाबाट ओम बहादुर दाहाल, पुट्टना हाल्ली एरियाबाट रामराज पौडेल, बिटीयम एरियाबाट बलराम कोलीले गर्नु भएको थियो । भेलाले धर्म पहरीको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन व्यवस्थापन समिति गठन भएको छ ।

हाल व्यवस्थापन ओम बहादुर दाहाल संयोजकत्व, रमेश विक जय बहादुर विक, आर्थिक व्यवस्थापनको संयोजकत्व रमेश राम विक, तिलक केसी, प्रकाशन तथा प्रसार प्रसारमा नरेश कुमार विकको संयोजकत्व दान बहादुर पहरी, निर्मला दाहाल साँस्कृतिक ब्यबस्थापनमा दान बहादुर पहरीको संयोजकत्वमा किशोर कुमार विक, रामराज पौडेल छ । स्वयंसेवक ब्यबस्थापनमा परमानन्द खडायतको संयोजकत्वमा रमेश विक, मनोज विक, सरस्वती केसी, राजु देवी विक, अतिथि सत्कारमा तिलक केसीको संयोजकत्व बलराम कोली, मान बहादुर विक र दुरा पहरी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार